प्रतिनिधिसभामा सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओली 

राजनीति असार १२ २०७५ ekhabarnepal
Oli 1235898

काठमाडौँ असार १२,  
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राखिरहनुभएको छ ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

त्यसैगरी आजको कार्यसूचीमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय शीर्षकको खर्च रकमलाई घटाइ रु एक गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद दुर्गा पौडेलले विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकममा रु १०० घटाइयोस् भनी प्रस्ताव राख्ने र मीनेन्द्रप्रसाद रिजालले विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top