रोनाल्डो पेनाल्टी चुकेको खेलमा पोर्चुगल बराबरीमा रोकियो

खेल असार १२ २०७५ ekhabarnepal
Cr miss the panelty 1

 

असार १२
क्रिस्टियाना रोनाल्डो पेनाल्टी चुकेको खेलमा इरानसँग बराबरी रोकिदैँ पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा इरानले इञ्जुरी समयको पेनाल्टीबाट बराबरी गोल फर्काएपनि समूहमा दोस्रो बन्दै इतिहासमा चौथो पटक पोर्चुगल विश्वकपको अन्तिम १६ मा पुगेको हो।

यसअघि १९६६, २००६ र २०१० मा मात्रै पोर्चुगल दोस्रो चरणमा प्रवेश गर्न सकेको थियो। विवादले घरिएको खेलमा रोनाल्डोले एक पेनाल्टी चुकाउनुका साथै रातो कार्ड पाउने सम्भावना भएपनि लामो भिडियो एसिस्टेन्ट रेफ्री(भार)को सहायताले पहेलो कार्ड मात्रै देखाइएको थियो।

रिकार्डो क्रिरिसिमाले डी बक्सबाहिरबाट सनसनीपूर्ण गोल गर्दै पहिलो हाफको अन्त्यमा पोर्चुगललार्इ सुरुवाती अग्रता दिलाएका थिए। तर, इञ्जुरी समयमा भारको सहायतामा पाएको पेनाल्टीमा करिम अन्सारीफर्डले बराबरी गोल फर्काएका थिए।

५३अौं मिनेट सहिद इजाटोल्हीले रोनाल्डोलार्इ फउल गरेपछि पोर्चुगलले पाएको पेनाल्टीमा रोनाल्डोको प्रहार विपक्षी गोलकिपरले बचाएका थिए। भारको सहायतामा केही समयकाे रिभ्यूपछि पोर्चुगललार्इ पेनाल्टी दिइएको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top