प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम स्थगित 

राजनीति असार ११ २०७५ ekhabarnepal
Oli jii266989

काठमाडौ  असार ११, 
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ । ६ दिने चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानन्त्री ओलीले भ्रमणमा भएका उपलब्धीका बारेमा आज संसदमा जानकारी गराउने कार्यक्रम तय भएपनि अन्तिम समयमा कार्यक्रम रद्ध भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 


चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे प्रधानमन्त्रीले भोली सदनलाई जानकारी गराउने कार्यक्रम तय भएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।  प्रधानमन्त्री ओलीले मंगलबार दिउसो २ बजे प्रतिनिधिसभालाई सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, उर्जा, जलस्रोत लगायत बुँदामा सहमति भएको थियो। 

प्राप्त प्रतिकृयाहरू

To Top