प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै पुन राष्ट्रपति बने एर्दोगान 

विश्व असार ११ २०७५ ekhabarnepal
Ndjhyui5168715

काठमाडौं असार ११, 
रजेप तैयप एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी भएका छन् ।  निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान शक्तिशाली राष्ट्रपति बनेका हुन् । 

निर्वाचनको अन्तिम र औपचारिक परिणाम नआउँदै जित सुनिश्चित भएका उनले टर्र्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको बताएका छन् । त्यहाँको संविधानले राष्ट्रपतिलाई धेरै अधिकारसहित शक्तिशाली बनाएको छ । एर्दोगानलाई राष्ट्रनिर्माता आटाटर्कपछि सबैभन्दा शक्तिशाली नेताका रुपमा हेरिएको छ । 

टर्कीका प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले बीबीसीसँग एर्दोगानले सुविधाजनक मतका साथ विजयी हासिल गरेको बताएका छन् । तर उनले विस्तृत मत परिणाम भने दिएका छैनन् । सञ्चारमाध्यमहरुका अनुसार, नवनिर्वाचित राष्ट्रपति एर्दोगानले सदर ९९ प्रतिशत मतबाट ५३ प्रतिशत प्राप्त गरेका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वीले मुहर्रेम इन्सले भने ३३ प्रतिशत मत पाएका छन् । प्रतिस्पर्धी इञ्जाले चुनाव निष्पक्ष नभएको बताएका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top