चीन भ्रमणको उपलब्धी सहित प्रधानमन्त्रीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने तयारी 

राजनीति असार ११ २०७५ ekhabarnepal
Oli jii266989

काठमाडौ  असार ११,
 प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुने भएको छ । ६ दिने चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानन्त्री ओलीले भ्रमणमा भएका उपलब्धीका बारेमा संसदमा जानकारी गराउन लाग्नुभएको हो । 
चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । ६ दिने चीन भ्रमणपुरा गरी आईतबार विहान स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले हिजो साँझ नै राष्टपति विद्यादेवी भण्डारीलाई चीन भ्रमणबाट भएको उपलब्धीका बारेमा जानकारी गराउनु भएको थियो । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, उर्जा, जलस्रोत लगायत बुँदामा सहमति भएको थियो। प्रधानमन्त्री ओलीले  दिउसो २ बजे प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top