शुद्दोधन गाउपालिकाको बजेट प्रस्तुति

समाज असार १० २०७५ ekhabarnepal

 

फर्साटिकर, असार १०
रुपन्देही स्थित  शुद्दोधन गाउँ पालिकामा शनिबारदेखि शुरु भएको तेस्रो गाउसभामा शनिबार नीति तथा कार्यक्रम पारित भएपछि आइतबार आर्थिक बर्ष २०७५र०७६को प्रस्तावित बजेट प्रस्तुत गरिएको छ।
गाउँ पालिका अध्यक्ष किसुन चन्द चौधरीले  तेस्रो गाउँ सभामा बजेट प्रस्तुत गर्नुभएको हो।
आर्थिक बर्ष २०७५ र०७६ मा कुल बजेट ३८ करोड २६ लाख ८० हजार अनुमान गरिएको छ।जसअनुसार सङ्ग्घिय सरकारबाट वित्तीय समानिकरण अनुदान ११ करोड दुई लाख,राजस्व बाडफाडबाट ६ करोड ६२ लाख ९३ हजार ,शसर्त अनुदान १० करोड तथा प्रदेश सरकारबाट वित्तीय समानिकरण ४३ लाख ४० हजार, राजस्व वाडफाड तर्फबाठ ३५ लाख ५७ हजार,सशर्त अनुदानबाट ९६ लाख प्राप्त हुने र गाउँ पालिकाको आफ्नै आन्तरिक आयबाट २ करोड ९६ लाख ९० हजार एवं चालू आ।बा बाट अल्या हुने ९० लाख समेत गरि ३३ करोड २६ लाख ८० हजारका साथै सामाजिक सुरक्षा भत्ता ५ करोड गरि जम्मा ३८ करोड २६ लाख ८० हजार रुपैया कुल आय प्राप्त हुने लक्ष्य रहेको छ।
प्रस्तुत आय मध्य गाउँ पालिका स्तरीय भौतिक पुर्वाधार योजनामा ६ करोड ७९ लाख ७ हजार एकसय नब्बे , गाउँ पालिका स्तरीय अन्य कार्यक्रममा ५६ लाख २० हजार, विषयगत शाखातर्फ २ करोड ७४ लाख ८२ हजार ८सय ,प्रत्येक वडा कार्यलयबाट एक एक करोड गरि ७ करोड , चालू खर्च तर्फ ५ करोड ९१ लाख ८० हजार १० का साथै सशर्त तर्फ १० करोड ९६ लाख गरि जम्मा ३३ करोड २६ लाख ८० हजार र ५ करोड सामाजिक सुरक्षा भत्ता समेत गरि कुल खर्च ३८ करोड २६ लाख ८० हजार हुने अनुमान गरिएको छ। विभिन्न शिर्षक अन्तर्गतको बजेट अनुसार शिक्षा तर्फ विभिन्न कार्यक्रमका लागि रु ४९ लाख ९० हजार ८ सय रुपैयाँ विनियोजित गरिएको छ त्यस्तै गरि स्वास्थ तर्फ विभिन्न कार्यकमको लागि रु ५८ लाख ५० हजार विनियोजन गरिएको छ।

शुद्दोधन गाउँ पालिका भित्रका स्थायी बासिन्दाको लागि प्रत्येक जन्मने बालिकाको जन्मेको ३५ दिन भित्र जन्म दर्ता गराउन आएमा प्रती बालिका रु दुई हजारका दरले बालिका जन्म प्रोत्साहन अनुदान कार्यक्रम ल्याएको छ।जेष्ठ नागरिकको निशुल्क स्वास्थ परिक्षण ,स्वास्थ शिविर सन्चालन ,स्वास्थ सस्थामा प्रयोगशाला सेवा स्थापना , मानसिक स्वास्थ सम्बन्धि कार्यक्रमको बजेट छुट्टाइएको छ।
कृषि तथा पशु सेवा तर्फ विभिन्न कार्यक्रमको लागि रु ८२ लाख ८६ हजार विनियोजन गरिएको छ।
महिला विकास र सहकारी तर्फ रु १९ लाख विनियोजन गरिएको छ।खानेपानी तथा सरसफाइ तर्फ रु ३२ लाख ५० हजार विनियोजन गरिएको छ।
अन्य  विविध तर्फ प्रत्येक वडा कार्यलयबाट छनौट भइ आएका प्रत्येक वार्डलाइ १ करोडका दरले सात करोड रकम विभिन्न योजना तथा कार्यकमको लागि आवश्यक वयवस्था मिलाइएको छ।
गाउँ पालिका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्षता, उपाध्यक्ष शान्ता ज्ञवालिको स्वागत मन्तव्य , गाउँ पालिकाका प्रमुख  प्रशासकिय अधिकृत अनन्तपाणी मरासिनीको धन्यवाद ज्ञापन , वडा नम्बर ३ र ४ का सचिव अग्नि प्रसाद पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर (२ का वडा अध्यक्ष विष्णुप्रसाद बस्याल , वडा नम्बर ५ का वडा सदस्य चन्द्रभान चौधरी ,वडा नम्बर (२ का वडा सदस्य कमल खड्का,उमाकान्त चपाइ , वडा नम्बर (३ का वडा सदस्य मणिप्रसाद खनाल , वडा नम्बर (५ का वडा अध्यक्ष जय शंकर पाठक ,वाड नम्बर (१ का वडा अध्यक्ष उदयराज गडेरिया लगायतले प्रस्तुत बजेट प्रती टीका टिप्पणी एवं आ आफ्नो विचार प्रस्तुत गरेका
थिए ।
तेस्रो गाउँ सभाबाट बजेट पारित भएपछि  गाउँ पालिका अध्यक्ष किसुन चन्द चौधरीले तेस्रो गाउँ समापन गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top