राजनीतिका अब्बल योद्धा कोइरालाको समझनामा क्यान्सर अस्पताल सञ्चालन 

समाज असार १० २०७५ ekhabarnepal
Susil koerala 2536875844

नेपालगञ्ज असार १०, 
 बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ । ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ । 

अस्पताल परिसरमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ११ गते सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ओपिडी सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भइसकेको बताउनुभयो । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गर्ने जनाएको छ । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार, अस्पताल निर्माणमा अहिलेसम्म रु ३५ करोड खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि सरकारले अस्पताल सञ्चालनका लागि रु १८ करोड बजेट विनियोजन गरेको छ । रासस 

प्राप्त प्रतिकृयाहरू

To Top