बुटवल असार १०,
प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्दै छ । आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेट खर्च व्यवस्थापनका लागि बनेको बिनियोजन विधेयक माथी छलफल शुरु हुनेछ । बुधवार बसेको प्रदेश सभा बैठकमा आगामी बर्षको बजेट माथिको सैद्धान्तिक छलफल सकिएपछि बिनियोजन विधेयक पेश भएको थियो ।
प्रदेश सभाबाट बिनियोजन विधेयक पारित भएपछि मात्र सरकारलाई आगामी वर्षको बजेट खर्च गर्ने बाटो खुल्नेछ । बिनीयोजन बिधियक अन्र्तगत कुन मन्त्रालयका बिषयमा छलफल गर्ने भन्ने निर्धारण गर्न आज बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने छ ।
प्राप्त प्रतिकृयाहरू