ट्युनिसियामाथि बेल्जियमको ५–२ गोलको जित 

खेल असार ९ २०७५ ekhabarnepal
2031208708jdjh4agei1tadqwu3ywt

 

एजेन्सी, असार ९ । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा बेल्जियमले ट्युनिसियामाथि शानदार जित हात पारेको छ । बेल्जियमले ट्युनिसियालाई ५–२ गोलअन्तरले पराजित गरेको हो ।

बेल्जियमको जितमा  कप्तान इडन हजार्ड र रोमेलु लुकाकुले समान २–२ गोल गरे भने मिची बाट्शुययीले १ गोल गरे । त्यस्तै, ट्युनिसियाका लागि डिलन ब्रोनले एक गोल फर्काएका थिए ।

बेल्जियमका लागि कप्तान इडन हजार्डले पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको छैटौ मिनेटमा ट्युनिसियाका खेलाडीले डिबक्सभित्र बेल्जियमका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान हजार्डले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको १६औं मिनेटमा बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए । बेल्जियमले गोल गरेको २ मिनेटपछि नै ट्युनिसियाले गोल फर्काएको थियो । खेलको १८औं मिनेटमा डिलन ब्रोनले गोल गर्दै ट्युनिसियालाई २–१ गोलको स्थितिमा पुर्याएका थिए ।

लुकाकुले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै बेल्जियमलाई पहिलो हाफसम्म ३–१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म ३–१ गोलले अघि रहेको बेल्जियमले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । खेलको ५१औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले गोल गर्दै ४–१ गोलको अग्रता दिलाएका थिए ।

रसियाको राजधानी मस्कोस्थित स्पार्टक रंगशालामा खेल सकिन अन्तिम समयमा मिची बाट्शुययीले गोल गर्दै बेल्जियमलाई ५–१ गोलको अग्रता दिलाएका थिए । त्यसको केहीबेरमा ट्युनिसियाले गोल गर्दै ५–२ गोलको स्थितिमा पुराएको थियो । तर बेल्जियमलाई रोक्न भने सकेन ।
लगातार दुई खेलमा जित हात पार्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरण नजिक पुगेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top