एसईईको नतिजा आज, ३ बजे बोर्ड बैठक  (यसरी हेर्न सकिन्छ नजिता)

समाज असार ९ २०७५ ekhabarnepal


भत्तपुर, असार ९

गत चैत्रमा संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नजिता आज अपरान्ह सार्वजनिक हुने भएको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले दिउँसो ३ बजे बोर्ड बैठक डाकेको छ ।

बोर्ड बैठक सकेर ४ बजे पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । गत चैत ८ बाट सञ्चालित यस वर्षको एसर्इर्इ परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका  थिए।

एसर्इर्इको नतिजा  आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ। आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ। त्यसका लागि तलको सूचना हेर्नुहोला।

विभिन्‍न वेबसाइटबाट पनि एसर्इर्इको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.npमा, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ। edusanjal.com  र edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ।

 

प्राप्त प्रतिकृयाहरू

To Top