गैँडकोटमा बस दुर्घटना, १५ घाइते

समाज असार ९ २०७५ ekhabarnepal


रासस 

नवलपरासी,असार ९
नवलपरासीको गैँडकोटमा शनिबार बिहान बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीमा बस दुर्घटना भएको हो।

गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले पछाडिबाट ठक्कर दिएको थियो।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top