चिनियाँ रेल चाँडै काठमाडौं पुग्नेमा विश्वस्त छु: सी

राजनीति असार ६ २०७५ ekhabarnepal
Images cms image 000050426

उपयुक्त समयमा नेपाल भ्रमण गर्छु :  चिनियाँ राष्ट्रपति सी

बेइजिङ असार ६


हरि लामिछाने
चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेल केरुङ हुँदै चाँडै काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएको मन्त्री ज्ञवालीले खुलाए।
नेपालको प्रधानमन्त्रीमा पाँच वर्षका लागि चयन भएकोमा केपी शर्मा ओलीलाई बधाई दिँदै चीनका राष्ट्रपति सी जिनफिङले चीन नेपाल सम्बन्ध अब नयाँ आधारमा अगाडि बढ्ने बताएका छन्।

चीन भ्रमणको दोस्रो दिन आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी ओलीले नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका छन्।

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि पठाएकाे निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्।

राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा सानो प्रतिनिधिमण्डलसहित छुट्टै भेटवार्ता भएको थियो। भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए।

चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेल केरुङ हुँदै चाँडै काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएको मन्त्री ज्ञवालीले खुलाए।

‘नेपालको प्राथमिकता अनुसार सहयोग गर्न चीन तयार छ’, राष्ट्रपति सीलाई उद्धृत गरेपछि मन्त्री ज्ञवालीले थपे, ‘हाम्रा महत्वपूर्ण पूर्वाधार रेलमार्ग नै नै हो, चीनको अनुदान र हाम्रो आफ्नो समेत लगानीमा हामी क्रस बोर्डर रेलमार्ग बनाउन चाहन्छौं।’

चीनका राष्ट्रपति सीले अधिकारीहरूलाई केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन अध्ययन छिटो सक्न निर्देशन दिइसकेको बताएको मन्त्री ज्ञवालीले सञ्चारकर्मीसँग बताए।

बुधबार दिउँसो ग्रेट हल अफ पिपुलमा छुट्टै भेटपछि ४५ मिनेट दुई देशका प्रतिनिधिमण्डलस्तरीय प्रतिनिधि मण्डलसहित भेटवार्ता भएको छ।

नेपालको विकास र समृद्धिमा चीनको तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै सीले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा राखेका छन्।

राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण गरे।

प्रधानमन्त्री ओलीले असल छिमेकीका रुपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्ने बताए।

नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको ओलीले बताए।

सोहि अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएकामा राष्ट्रपति सीलाई बधाई दिए। दुई नेताबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो।
 

प्राप्त प्रतिकृयाहरू

To Top