राष्ट्रिय सभा सदस्यको पदावधि, कसले कति ताने (पूर्ण विवरण सहित)

राजनीति असार ४ २०७५ ekhabarnepal
Gola pratha


काठमाडौं, असार ४

राष्ट्रिय सभाका ५९ सदस्यले गोलाप्रथाबाट आ आफ्नो पदावधि कायम गरेका छन् । जस अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्ष मात्र कायम भएको छ । राष्ट्रपतिबाट मनोनित भएर सांसद भएका खतिवडाले दुईवर्ष कार्यकाल भएको गोला तानेका हुन् । सो क्लष्टरमा एकनारायण विडारीले ४ वर्ष ताने भने विमला पौडेलले ६ वर्षको ।

यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा बादलले ६ वर्षको तान्दा कोमल वलीले ४ वर्षे पदावधिको गोला तान्नु भयो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पनि दुई वर्षे कार्यकाल तानेका छन् ।

हेर्नुहोस् विस्तृतमा कसले कति वर्षको ताने
खुला तर्फ को सांसदको कार्यकाल कति ?
प्रदेश १

परशुराम मेघी गरुङको ४
रमेश जंगा रायमाझीको ६ वर्ष
हरिचण शिवाकोटीको २ वर्ष

प्रदेश २

रमेशप्रसाद यादवको २ वर्ष
सुमन प्याकुरेलको ४ वर्ष
जितेन्द्र देवको ६ वर्ष

प्रदेश ३

बलरामा बाँस्कोटाको २ वर्ष
रामबहादुर थापा बादलको ६ वर्ष (गृहमन्त्री)
राधेश्याम अधिकारीको ४ वर्ष

प्रदेश ४

गणेशप्रसाद तिमल्सिनाको ६ वर्ष (राष्ट्रियसभा अध्यक्ष)
दिनानाथ शर्माको ४ वर्ष
सुरेन्द्रराज पाण्डेको २ वर्ष

प्रदेश ५

खिमलाल भट्टराईको ६ वर्ष
चन्द्रबहादुर खड्काको ४ वर्ष
दुर्गाप्रसाद उपाध्यायको २ वर्ष

कर्णाली प्रदेश (प्रदेश ६)

कालीबहादुर मल्लको २ वर्ष
भैरवसुन्दर श्रेष्ठको ६ वर्ष
खगेन्द्र पुरीको ४ वर्ष

प्रदेश ७

सुरेन्द्र पाण्डेको २ वर्ष
हरेराम चौधरीको ६ वर्ष
शेरबहादुर कुँवरको ४ वर्ष

महिला तर्फ
प्रदेश १

सरीता प्रसाईँको २ वर्ष
नैनकला दाहालको ४ वर्ष
बिना पोख्रेलको ६ वर्ष

प्रदेश २

मुक्त कुमारी यादवको २ वर्ष
शशीकला दाहालको ४ वर्ष
प्रमिला देवको ६ वर्ष

प्रदेश ३

धनकुमारी खतिवडाको २ वर्ष
उदया शर्मा पौडेलको ४ वर्ष
पावर्ती रावलको ६ वर्ष

प्रदेश ४

दीपा गुरुङको २ वर्ष
शान्तीकुमारी बिसीको ४ वर्ष
बिन्दादेवी आलेको ६ वर्ष

प्रदेश ५

मीना बुढाको २ वर्ष
कोमल ओलीको ४ वर्ष
अनिता देवकोटाको ६ वर्ष

प्रदेश ६

युटल लामाको २ वर्ष
कविता बोगटीको ४ वर्ष
नन्दा शर्माको ६ वर्ष

प्रदेश ७

कमलाकुमारी ओलीको २ वर्ष
तारादेवी भट्ट ४ वर्ष
इन्दु कडरिया ६ वर्ष

दलित तर्फ

रामपृत पासवान र खेमराज नेपालीको २ वर्ष
चक्रप्रताप स्नेही र रामलखन चमारको ४ वर्ष
नरपति लोहार र सिंहबहादु विश्वकर्माको ६ वर्ष
खिमकुमार विकको ४ वर्ष

अपांगता भएका

ब्रिखेषचन्द्र लाल र राजकुरमा कुँवरको २ वर्ष
जीवन बुढा र अगम वान्तवाको ४ वर्ष
प्रकाश पन्त र रमेश कुमार महरको ६ वर्ष
रामचन्द्र राई ६ वर्ष

राष्ट्रपतिबाट मनोनित

युवराज खतिवडाको २ वर्ष
रामनारायण बिँडारीको ४ वर्ष
विमला पौडेलको ६ वर्ष

प्राप्त प्रतिकृयाहरू

To Top