गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाकाे राष्ट्रियसभा पदावधि ६ वर्ष,अर्थमन्त्रीको २ वर्ष

राजनीति असार ४ २०७५ ekhabarnepal
21672473835496471 2103976386282691 6523035620078518272 n


काठमाडौँ,असार ४ । राष्ट्रियसभाका सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभामा ६ वर्ष पदावधि कायम भएको छ । राष्ट्रिय सभामा सोमबार भएको गोला प्रथामा थापाको पदावधि ६ वर्ष कायम भएको हो ।

 राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाकाे पदावधि छ वर्ष भएकाे छ । यस्तै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ । उनले गोला थुत्दा २ वर्ष कार्यकाल लेखिएको गोला थुतेका थिए । राष्ट्रियसभाका ५९ जना सांसदको सोमबार गोलाप्रथाबाट पदावधि अवधि टुंगो लगाउने कार्य जारी छ ।


गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि निर्धारण गर्न लागिएको हो।

राष्ट्रिय सभाका विपक्षी दलका नेता कांग्रेस सांसद सुरेन्द्र पाण्डेको पदावधि २ वर्षको भएको छ।

नेकपा सांसद दीनानाथ शर्माको पदावधि ४ वर्ष भएकाे छ।

नेकपाकी शशिकला दाहालको कार्यकाल ४ वर्षको भएको छ।


 

प्राप्त प्रतिकृयाहरू

To Top