लुम्बिनीको बृत्तचित्र सामाजिक सञ्जालमा

समाज असार ३ २०७५ ekhabarnepal
Photo


रुपन्देही,असार  

बुद्धजन्मस्थल लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रबद्र्धनमा शनिबारबाट नयाँ अभियान सुभारम्भ भएको छ । जसका लागी प्रेस क्लब अफ लुम्बिनीले सञ्चारकर्मी चेतन पन्त द्धारा लुम्बिनी एक शान्ति बाटीका (नेपाली भाषा) र लुम्बिनी अ वन्डरफुल ल्याण्ड अफ पिस(अंग्रेजी) भाषामा निर्माण गरिएको बृत्तचित्रलाई सामाजिक सूचना सञ्जाल र यु ट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ । 
बृत्तचित्रमा लुम्बिनी बगैचाको ऐतिहासिक र पुरातात्विक महत्व र अहिले त्यसक्षेत्रमा बिद्यमान  सुन्दरतालाई प्रस्तुत गरिएको छ । 
नेपाली भाषाको बृत्तचित्र साढे सात र अंग्रेजी भाषाको साढे १० मिनेटको रहेको निर्माणकर्ता पन्तले जानकारी दिए । बृत्तचित्रमा लुम्बिनी बाटिकाका सुन्दर फुलहरु, हरियाली क्षेत्र, जीब र बनस्पति एबं लुम्बिनी भित्रका स्वदेशी एबं बिदेशी बिहारका दृष्यहरु समेटिएका छन् ।
बृत्तचित्रको बिशेष आकर्षण र महत्व भनेको त्यस भित्र रहेको अत्यन्त आकर्षक र सुन्दर हवाई दृष्यहरु रहेका छन् । 
बृत्तचित्र सार्बजनिक गर्दै अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एबं लुम्बिनी बिकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेयले सरकार र कोषले गर्नु पर्ने काम ब्यक्तिगत र संचारकर्मीहरुको समुहले गर्न लागेको अभियानलाई प्रसंसा गर्दै लुम्बिनीको बिकासमा प्रत्येक नेपाली लाग्नु पर्ने उल्लेख गरे ।
सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले लुम्बिनीको बिश्वब्यापी प्रचार र प्रबद्र्धनका लागी बृत्तचित्र थप सहयोगी माध्यमबन्ने जनाए । नेपाल चिन मैत्री समाजका अध्यक्ष नारायण सापकोटाले लुम्बिनीको प्रबद्र्धन र प्रचारमा आज एक संचारकर्मीले बृत्रचित्र मार्फत गरेको प्रयास सह्रानिय रहेको जनाए । 
लुम्बिनी बिकास कोषका सूचना अधिकृत हरिध्वज राईले बृत्तचित्र लुम्बिनीको बिकास र प्रबद्र्धनका लागि कोशे ढुंगा हुन सक्ने बताए । बृत्तचित्र निर्माणकर्ता एबं लुम्बिनीको देश बिदेशमा प्रचारक अभियन्ता चेतन पन्तले लुम्बिनी बिकासको लागि प्रत्येक ब्यक्तिले नीजि स्वार्थ त्यागी काम गर्नु पर्ने बताए । आफुले त्यही भावना अनुरुप बिगत दुई  दशक देखि लुम्बिनीको पर्यटन बिकासमा निरन्तर लागी रहेको बताए । 
लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगानाले सबै सञ्चारकर्मी लुम्बिनीको पर्यटन बिकासका लागि समर्पित हुन आग्रह गरे । 
बृत्तचित्र युट्युब च्यानलमा ९ऋजभतबल एबलत० र शेयर गरीएको फेसबुक पेज तथा अन्य सामाजिक सञ्जाल  मार्फत पनि हेर्न सकिनेछ ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top