वेस्टर्न मेगा  कलेजमा रक्तदान

स्वास्थ्य असार १ २०७५ ekhabarnepal
Blood donetaion


बुटवल,असार १                                      
 वेस्टर्न मेगा  कलेज बुटवल रुपन्देहीले कलेज प्रागणमा दोस्रो रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ । विष्णु न्यौपानेको  सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा कलेजका अध्यक्ष मेघराज पन्थ,  प्रचार्य श्रीप्रसाद भट्टराई लगायतका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति थियो । 
कार्यक्रममा आरम्भ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष बाबुराम महत श्रेत्री, संचालक उमलाल बन्जाडे, विष्णु के.सी, अक्कन  बहादुर थापा, लेखा  संयोजक राम प्रसाद गैरे तथा सदस्य रीता सेन वली सहित  रिर्सोटका अन्य कर्मचनरीहरुको पनि उपस्थिति थियो । कार्यक्रममा  ५० पिन्ट रक्त संकलन भएको जानकारी कार्यक्रम संचालक तथा  खेलकुद व्यवस्थापन विद्यार्थी उपसमितिका अध्यक्ष विषणु न्यौपानेले गराए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top