उद्घाटन खेलमा रसियाको सानदार जित

खेल असार १ २०७५ ekhabarnepal
Russia win the game


 
काठमाडाै‌, ३१ जेठ |
२१औँ संस्करणको विश्वकपअन्तर्गतको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित दर्ता गरेको छ ।

खेलको सुरुअाती १० मिनेट प्रतिस्पर्धात्मक भए पनि १२औँ मिनेटमा रसियाका युरी गजिन्स्कीले खाता खोलेपछि रसिया हावी भयो ।

निरन्तर आक्रामक खेल खेलेको रसियाका लागि डेनिस चेरिसेभले अग्रता दोब्बर पारेका थिए । सोसँगै पहिलो हाफमा रसियाले २–० को अग्रता कायम राख्यो ।

दोस्राे हाफमा पनि रसियाले निरन्तर आक्रमण गरिरह्यो । यसैबीच खेलको ७१औँ मिनेटमा पुनः सब्स्टीच्युट खेलाडी आर्टेम जुबाले मैदान छिरेको दोश्रो मिनेटमै गोल गरे । यो सँगै रसियाले ३–० को अग्रता लियो । तीन गोलको अग्रता लिनुका बाबजुद पनि रसियाले आक्रामक खेल रोकेन ।

यसै क्रममा इन्जुरी समयकाे पहिलाे मिनेट अर्थात ९१ औँ मिनेटमा चेरिसेभले आफ्नो दोश्रो गोल थप्ने क्रममा टिमका लागि चौथो गोल गरे ।

त्यसैगरी, खेलको अन्तिम समयमा अलेक्जेन्डर गोलोभिनले फ्रि किकमार्फत गोल गर्दै गोलअन्तर ५–० पुर्‍याए । पहिलाे जितपछि रसियाले समूह ए काे अंक तालिकामा ३ अंक जाेडेकाे छ ।

प्राप्त प्रतिकृयाहरू

To Top