विगतका कुरा नकोट्याउने र नसम्झने सहमति 

विश्व जेठ २९ २०७५ ekhabarnepal
Signature


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनविचको आजको सहमतिले दुई देशविच विग्रेको कुटनीतिक सम्बन्ध स्थापित गरेको छ।

दुई नेताविच विगतका कुरा नकोट्याउने र नसम्झने सहमतिले विगतका तिक्तता विर्सेर अमेरिका र उत्तर कोरिया नयाँ सम्बन्ध स्थापित गर्न अग्रसर भएका हुन्। तर आज भएको सहमतिमा के के छन् भन्ने कुरा सार्वजनिक गरिएको छैन।

राष्ट्रपति ट्रम्पले आणविक निसस्त्रीकरण छिट्टै हुने बताइरहँदा सहमतिमा त्यही बुँदा महत्पूर्ण हुनसक्ने अनुमान गरिएको छ। उत्तर कोरियाको आणविक हतियारको निर्माण र बारम्बारको परिक्षणले अमेरिका र उत्तर कोरियाविच कुटनीतिक सम्बन्ध बिग्रिँदै आएको थियो।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘कोरियाली प्रायद्विपमा आणविक हतियारको निसस्त्रीकरणकै लागि शिखर बैठकको आयोजना भएको हो।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग सिंगापुरमा भएको वार्तापछि सहमति पत्रमा हस्ताक्षर गर्न अघि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले विश्वले अब महत्वपूर्ण परिवर्तन देख्ने बताएका छन्।

राष्ट्रपति ट्रम्प र उनले अब विगतका कुरा बिर्सिने पनि निर्णय गरेका छन्। सहमति पत्रमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले अब चाँडै आणविक हतियारको निशस्त्रीकरण हुने बताए।

तर त्यहाँ पनि किम उक्त विषयमा मौन रहे। ट्रम्पले आजको वार्ताले उत्तर कोरिया र अमेरिकाविच एउटा महत्पूर्ण सम्बन्ध बनेको बताए।

सहमति पत्रमा हस्ताक्षर गर्दै उत्तर कोरियाली नेता किमले भने, ‘आज हामी ऐतिहासिक बैठकमा बस्यौं।’ राष्ट्रपति ट्रम्पले किमलाई व्हाट हावसका लागि निम्तो समेत दिएका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top