सूचनाबाट सूचित गरि आजको संघीय संसदको बैठक स्थगित 

राजनीति जेठ २८ २०७५ ekhabarnepal
Patra

काठमाडौं जेठ २८, 

सोमबार १ बजेका लागि बोलाइएको संघीय संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा संयुक्त बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले सभामुख र अध्यक्षको निर्देशन अनुसार उक्त बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको जनाइएको छ ।

यसअघि आइतबारको प्रतिनिधिसभा बैठक रातो किताब नआएका कारण सभामुख कृष्ण बहादुर महराले विनियोजन विधेयकमाथिको छलफलको बुँदा १ देखि ७ सम्मका सबै कार्यसूची हटाएका थिए । 

प्राप्त प्रतिकृयाहरू

To Top