सुन तस्करी प्रकरणका मुख्य अभियुक्त एसएसपी खत्रीसहित गोरे र नेता भुजुङलाई काठमाडौं ल्याईदै 

समाज जेठ २८ २०७५ ekhabarnepal
Sun kanda 1458

काठमाडौं जेठ २८,  
३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनालाई आज सोमबार काठमाडौं ल्याईदै छ ।उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिइसकेको छ । गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको छ।

तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । ‘सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको वेला छानबिन समितिले पनि थप अनुसन्धान गर्ने छ’, प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top