तयारी पूरा नभएकै कारण'विनियोजन विधेयक'को  छलफल स्थगित

राजनीति जेठ २७ २०७५  रासस
Jujthut

काठमाडौँ जेठ २७,
 प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक—२०७५ को विभिन्न मन्त्रालयका विविध शीर्षकको छलफल स्थगित भएको छ । छलफलका लागि आवश्यक तयारी पूरा नभएको भन्दै सभामुख कृष्णबहादुर महराले आजको बैठकका लागि राखिएको विषयसूचीमा रहेका सम्पूर्ण विषय हटाएका हुन् । 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची थियो । 

उक्त मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छ जना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । त्यस्तै, बैठकको विशेष समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्नेछ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top