'मौरीको गोलोलाई अनुहारमा राखेर खुम्दा मज्जा आउछ' -मौरीघार संचालन लामिछाने

समाज जेठ २७ २०७५ ekhabarnepal
Honey man 123456

पोखरा|  
तपाई हामी कतिपयलाई मौरीले टोकर हुने दुखाई पक्कै थाहा हुनु पर्छ । तस्बिरमा देखिएका यी व्यक्ति हुन पोखराका सूर्यप्रसाद लामिछाने । उनले भने आफ्नो अनुहार र शरिरमा मौरीको गोलै राखेर आश्चार्यमा पार्ने गरेका छन् ।उनले मौरीलाई यसरी शरिर र अनुहारमा राख्दा मज्जा आउने गरेको समेत बताउँछन् । मौरीको गोलोलाई अनुहारमा राखेर मज्जा लिने लामिछानेले  बेगनास मौरीघार उद्योग संचालन समेत गर्ने गरेका छन् । 

मौरी पालनका सोखिन लामिछानेले यही पेशाबाट वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी समेत गर्दै आइरहेको बताउँछन् । मह र मौरीका घार बेचेर ११ वर्षमै कमाएको पैसाले घर खर्च गरेर अहिले बेगनास तालचोकमा करिब रु एक करोड पर्ने घर घडेरी जोडेको लामिछानेको भनाई छ । 

दाजु टंक लामिछानेले मौरीको मह काडी खाँदै गरेको देख्दा मह खाने तथा मौरीपालन व्यवसायमा लाग्ने प्रेरणा जागेको लामिछाने बताउँछन् । दाजुबाट दुई गोला मौरी किनेर उनले मौरीपालन थालेका हुन । 

वर्षमा रु ३० लाखदेखि रु ३५ लाखको कारोबार 

उत्पादनभन्दा बजारको माग बढी भएकाले बिक्री गर्न समस्या छैन । लामिछानेले पोखरा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा, काठमाडौँसम्म मह बिक्रीका लागि पठाउने गरेका छन् । एक वर्षमा रु ३० लाखदेखि रु ३५ लाखको कारोबार हुन्छ ।

अध्ययन अवलोकन गर्नका लागि लामिछाने अमेरिका, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, भियतनाम, चीन र भारत पुगिसक्नुभएको छ । लामिछानेले आफ्नो अनुहारमा मौरीको गोला राखेर आनन्द लिने पनि गरेका छन् यसले उनलाई मौरीसंग अझ निकट बनेको समेत बताउछन्  ।
 

प्राप्त प्रतिकृयाहरू

To Top