भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंका लागि छुटेको ट्रक त्रिशूलीमा खसेपछि...  

समाज जेठ २७ २०७५ ekhabarnepal
Download1234586987

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन्।भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंका लागि छुटेको ना५ख ३४१५ नम्बरको ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए।

नदीमा परेर सिन्धुपाल्चोक, बाह्रबिसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठ र सहचालक १९ वर्षीय तुलसी दुलाल हराइरहेका छन्।नदीमा ट्रक डुबेको अवस्था छ। सो दुर्घटनामा घाइते भएका एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ। बेपत्ता भएकाको खोजी भइरहे पनि नदी बढेकाले कठिनाइ भएको प्रहरीले जनाएको छ। 

प्राप्त प्रतिकृयाहरू

To Top