प्रदेश नम्वर ५ को नीति कार्यक्रम माथि सैन्दान्तिक छलफल शुरु

समाज जेठ २७ २०७५ ekhabarnepal
Btl 123589647

बुटवल ।
प्रदेश नम्वर ५ को सरकारले प्रदेश सभामा पेश गरेको नीति कार्यक्रम माथि सैन्दान्तिक छलफल शुरु भएको छ ।प्रदेश प्रमुख उमाकान्त झाले पेश गर्नु भएको प्रदेश सरकारको नीति कार्यक्रम माथि शनिवार देखि प्रदेश सभाको बैठकमा सैद्धान्तिक छलफल सुरु भएको हो ।पहिलो दिनको बैठकमा १० जना प्रदेश सभाका सदस्यहरुले छलफलमा भाग लिनु भएको छ । छलफलमा भाग लिने अधिकांश सदस्यहरुले प्रदेशलाई बलियो बनाउन सके मात्रै संघियताको प्रत्याभुति जनताले गर्न सक्ने भएकाले नीति कार्यक्रमको सफलताका लागि सबैको सहयोग रहने बताउनु भएको थियो ।


बिपक्षी दलका सदस्यहरुले एकलौटी ढंले सरकारले नीति कार्यक्रम बढी महत्वाकाक्षी ल्याएको बताउनु भएको थियो । प्रदेश सभा सदस्यहरुले संसदीय बिकास कोषको अवधारणा ल्याएर जनप्रतिनिधलाई जनताको माग सम्वोधन गर्ने अवसर दिन समेत सरकारसंग आग्रह गर्नु भएको थियो ।बैठकको सुरुमा बोल्दै काग्रेसका नेता डिल्लि बहादुर चौधरीले सिहदरवारले प्रदेश नबुझेर नीति कार्यक्रम र बजेटमा प्रदेशलाई पछाडी पारीरहेको परिस्थितिमा प्रदेश सरकारले आफनै प्रदेश सभा सदस्यहरुलाई  भुमिका बिहीन बनाउने हो भने यसले प्रदेश सरकारलार्य नै कमजोर बनाउने बताउनु भयो ।

उहाले घुमाउरो ढंगले संसदीय बिकास कोषको माग गर्दै भन्नुभयो अहिले हाम्रो भुमिका भन्दा वडा अध्यक्ष बलिया छन उनीहरुले अधिकार पाएका छन  हाम्रो भुमिका कहा छ जिम्मेवारी के हो भइरहेको छ अव बिकासका लागि पैसा माग्न वडा अध्यक्ष कहा जाने कि गाउ पालिका अन्यौल छ । उहाले प्रदेश बलियो नभए संबिधान कार्यान्वयनमा समस्या आउने बताउनु भयो ।
चौधरीले प्रदेशको स्थायी राजधानि कहा बन्ने भन्ने बिषय नीति कार्यक्रममा नसमेटिदा बिकासले गतिलिन नसक्ने बताउनु भयो  ।संघिय समाजवादी फोरम नेपालका सन्तोष कुमार पाण्डेले प्रदेश सभा सदस्यलाई जिम्मेवार बनाउन संसदीय बिकास कोषको अवधारणा समेटिनु पर्ने बताउनु भयो । उहाले भन्नुभयो सरकार बहुमतले बनाउने हो चलाउने सहमतिमा हो सबै बिकास मन्त्रिहरुले गर्ने हो भने भैरहवाबाट सन्तोष पाण्डेले किन निर्वाचन जित्नु पर्छ ।


उहाले प्रदेशका मन्त्रिहरुलाई बुटवल मात्रै राजधानि हो भनि नबुझि यहा नभएका संरचना भैरहवा र नवलपरासी तथा कपिलवस्तुका बिभिन्न ठाउमा छन भनि बुझ्न आग्रह छ ।
राष्टिय जनमोर्चाकी  तारा जिसीले कम्युनिष्ट सरकारले ल्याएको यथास्थितिबादी नीति कार्यक्रमले जनताको आकाक्षा पुरा गर्न नसक्ने बताउनु भयो । उहाले आफनो पार्टीले भन्ने गरेको संघियता आवश्यक नभएको कुरा प्रमाणित हुन खोजिरहेको दाबी गर्दै महिला हिंसाका मुद्धा हेर्न पारिवारिक अदालतको स्थापना गर्न माग गर्नुभयो  ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भोज प्रसाद श्रेष्ठले प्रदेशको भुमिका बढाउन प्रदेश सभा सदस्यहरुलाई निति निर्माण र बिकास निर्माण दुबैमा सहभागि गराउनु पर्ने बताउनु भयो । नीति कार्यक्रम सन्तुलित र कार्यान्वयन गर्न सकिने खालको भएपनि रुग्ण उद्योगहरु लुम्विनी चिनी कारखाना, सुति धागो कारखानाका सञ्चालनको नीति सरकारले लिनुपर्ने श्रेष्ठले बताउनु भयो  ।प्रदेश सभा सदस्य बिजय बहादुर यादवले गाउमा आफुहरुको भुमिका वडाअध्यक्षको भन्दा पनि कमजोर र भुमिका बिहीन रहेको बताउदै यस्तो अवस्थामा प्रदेश सभा सदस्यहरुलाई निर्वाचन क्षेत्र बिकास कार्यक्रम ल्याएर भुमिका दिनुपर्ने बताउनु भयो ।


उहाले प्रदेश भित्र बोलीने सबै भाषलाई प्राथमिकता दिदै बढी बोलीने भाषालाई कामकाजी भाषको मान्यता दिनुपर्ने बताउनु भयो ।
सहश्रराम यादवले प्रदेशको क्षमता अनुसार सदस्यहरुलाई निर्वाचन क्षेत्र बिकास कार्यक्रमको व्यवस्था गर्न माग गर्नुभयो । उहाले किसानका लागि बिउ बिजन मल खादमा अनुदानको व्यवस्था हुनुपर्ने र प्रबिधी भित्र्याउदा भन्सार छुट दिनुपर्ने बताउनु भयो ।अर्का सदस्य वसिउद्धिन खाँले रुपन्देहीको दक्षिणी क्षेत्रको आर्थिक उन्नतीका लागि बिशेष कार्यक्रम आवश्यक रहेकोमा जोड दिदै मुस्लिम समुदायका महान पर्व इद, बकर इद लगायतका पर्वमा बिगतमा जस्तै बिदाको व्यवस्था गर्न माग गर्नुभयो ।


त्यस्तै प्रदेश सभा सदस्य तुलाराम घर्ति मगरले संयुक्तबामको चुनावी घोषणा पत्र अनुसार नै नीति कार्यक्रम आएको र सबै क्षेत्रलाई समेटेको दाबी गर्नु भयो । उहाले देवदह देखि लुम्विनी हुदै कपिलवस्तु सम्म चलाउने भनिएको पर्यटक बसलाई पाल्पासम्म लैजानु पर्ने बताउनु भयो ।कमलादेबि बिकले नीति कार्यक्रममा धेरै मसिना बिषयहरु समेत समेटिएकाले बजेटले पुग्ने हो भने समृद्ध प्रदेश बनाउन धेरै समय नलाग्ने बताउनु भयो  ।त्यस्तै थान कुमारी थापा चापागाईले जीतगढी र रामापिथेकशको संरक्षणका लागि बिशेष व्यवस्था गर्नुपर्ने बताउनु भयो  ।
आजको बैठकमा नै मुख्यमन्त्रि शंकर पोखरेलले प्रदेश बित्त व्यवस्थापन बिधियक र प्रदेश कर तथा गैर कर राजश्व सम्वन्धि बिधियक दफावार छलफलका लागि टेबुल गर्नु भएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top