तिलोत्तमा नगरपालिकामा पहिलो पटक एक दिने वृहत शेयर वजार तालिम

अर्थ जेठ २५ २०७५ ekhabarnepal
Share bazar talim at btl

बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलो पटक एक दिने वृहत शेयर वजार तलिम हुने भएको छ ।भलवारी जेसिजको आयोजनामा आउदो असार २ गते नयाँमिलमा एक दिने तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक माधव प्रसाद पाण्डेले जानाकारी दिनुभयो ।

पछिल्लो समय शेयर बजारको बारेमा वढ्दै गएको चासो र भलवारी जेसिजले लिएको उद्यमशीलताको नारालाई सार्थक तुल्याउन तालिमको आयोजना गरिएको भलवारी जेसिजका अध्यक्ष गोविन्द पंगेनीले जानाकारी दिनुभयो ।


शेयर बजारमा नवप्रवेशी तथा शेयरबजारका वारेमा जिज्ञसुका लागि तालिम उपयोगि हुने भन्दै भलवारी जेसिजका कोषध्यक्ष अमृत गरुङले सहभागिताका लागि अनुरोध गर्नुभयो ।आर्थिक अभियान राष्ट्रिय दैनिकका विष्लेषक सन्तोष राज बजगाइंले तालिमको सहजिकरण गनुहुने तालिममा शेयर बजार के हो ? शेयर बजारमा कसरी लगानी गर्ने ? जस्ता विषय सहितको तलिम भएकाले उपयोगि हुने आयोजकको दावी छ ।

प्राप्त प्रतिकृयाहरू

To Top