चर्चित गायिका इन्दिरा जोशीकोे ‘रेलीमाइ‘ सार्बाजनिक (भिडियो सहित)

मनोरञ्जन जेठ २४ २०७५ ekhabarnepal
Joshi

काठमाडौं |चर्चित गायिका इन्दिरा जोशीकोे ‘रेलीमाइ‘’ गीत अहिले बजारमा आएको छ । गायिका जोशीले युवा गायक आर्जन पाण्डेसंग यूगल गायन गरेकी छिन् । उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।

नयाँ यूगल गीत ‘रेलीमाइ‘’लाइ हरि हुमागाईंले छायांकन गरिएको उक्त भिडियोलाई प्रविण सिंहले निर्देश्ँन गरेका हुन् । निशान घिमिरेले उक्त म्युजिक भिडियो सम्पादन गरेका हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई श्याम लामा तथा सुमन लामाले सिंगार्ने काम गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top