संसोधन हुदैछ नेपाल कम्युनिस्ट पार्टीको विधान 

राजनीति जेठ २४ २०७५ ekhabarnepal
Samsodhan of bidhan

काठमाडौं जेठ २४|
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताको मान्यता पाएपनि विधानमा सामान्य हेरफेर हुने भएको छ ।निर्वाचन आयोगले ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला समावेश गराउन दलहरुलाई निर्देशन दिएसंगै नेकपाको विधान परिमार्जन हुन लागेको हो । निर्वाचन आयोगले दिएको निर्देशनलाई ध्यान दिँदै विधानमा सामान्य परिमार्जन गर्न लागेको नेकपाले बताएको छ ।

नेकपाको प्रस्तावित विधानमा प्रदेश कमिटी १५० सदस्यीय रहने र जिल्ला कमिटी ७५ देखि १२५ सदस्यीय रहने उल्लेख छ । त्यस्तै, महानगर कमिटी ७५ सदस्यीय र उपमहानगरपालिका कमिटी ६१ सदस्यीय हुने उल्लेख छ । विधानमा नगरपालिका कमिटी र गाउ“पालिका कमिटीहरु ५१ सदस्यीय हुने गरी प्रस्ताव गरेको छ ।

वडा कमिटी २५ सदस्यीय हुनेछन् भने प्रारम्भिक कमिटी १५ सदस्यीयसम्म हुने भनिएको छ । तर यो संख्या केन्द्रीय कमिटी २९९ सदस्यीय हुने सन्दर्भमा प्रस्तावित भएकाले केन्द्रीय कमिटीको संख्या करिब डेढ सय बढेकाले मातहत कमिटीको आकार पनि ठूलो हुने सम्भावना छ । यसबारेमा विधानमा संशोधन गरी टुंगो लगाउन बाकी छ । प्रदेश कमिटीको संख्या २९९ को हाराहारीमा पुग्न सक्नेछ भने जिल्ला कमिटीको आकार पनि २ सयको हाराहारीमा पुग्न सक्छ । तर यसबारे निर्णय भइसकेको छैन ।

प्राप्त प्रतिकृयाहरू

To Top