मुख्यमन्त्रि ग्रामीण बिकास कार्यक्रमका लागि ३५ गाउपालिकामा छनौट

राजनीति जेठ २४ २०७५ ekhabarnepal
72547214134463166 1962162387167333 5915602101962014720 n

प्रदेश नम्वर ५ को मन्त्रिपरिषदको बैठकद्धारा दुई बिधेयक स्वीकृत


बुटवल,जेठ २३ ।
प्रदेश नम्वर ५ को मन्त्रिपरिषदको बैठकले प्रदेशको बित्त व्यवस्थापन बिधेयक २०७५ र प्रदेश कर तथा गैर कर राजश्व सम्वन्धि  बिधेयक २०७५ स्विकृत गरी प्रदेश सभामा पेश गर्ने निणर्य गरेको छ ।
आज साझ मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा  बसेको बैठकले बित्त व्यवस्थापन बिधियक र प्रदेश कर तथा गैर कर राजश्व सम्वन्धि  बिधियक  स्विकृत गरी पर्सी बस्ने प्रदेश सभाको बैठकमा पेश गर्ने निणर्य गरेको छ ।
यि दुई बिधियक बजेट आउनु अघि नै प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणिकरण भईसक्नु पर्ने छ ।
आजै बसेको मन्त्रि परिषदको बैठकले मुख्यमन्त्रि ग्रामीण बिकास कार्यक्रम सञ्चालनका लागि प्रदेशमा मानव बिकास सुचकांकमा पछाडी परेका ३५ गाउपालिका छनौट गरेको छ ।
मन्त्रिपरिषदले छनौट गरेका गाउपालिकामा नवलपरासीका सुस्ता, प्रतापपुर र पाल्ही नन्दन, रुपन्देहीका मर्चवारी, समरीमाई र कोटहीमाई, पाल्पाका निस्दी,माथागढी र रैनादेबि छहरा, गुल्मिका कालिगण्डकी, मालिका र मदाने, अर्धाखाचीका पाणिनि, मालारानी र छत्रदेव,कपिलवस्तुका बिजयनगर, शुद्धोधन र महाराजगञ्ज, दागंका बंगलाचुली,राजापुर र बबई,प्युठान गौमुखि, नौबहिनी र ऐरावति, रोल्पाका सुनछहरी,थवागं र परिवर्तन, रुकुम पुर्वका सबै गाउपालिका पुथा उत्तरगंगा,भुमे र सिस्ने, बाकेका नरेनापुर, डुडुवा र जानकी तथा बर्दियाका बढैया ताल र गेरुवा रहेका छन ।
छनौट भएका गाउपालिकामा ३ बर्षसम्म प्रदेश सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा महत्वपुर्ण कार्यक्रम सञ्चालन गर्नुका साथै रोजगारीका अवसर श्रृजना गर्ने बैठकपछी भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
छनौट भएका गाउपालिकामा ३ बर्षसम्म प्रदेश सरकारले दिने समानिकरण अनुदानमा बिशेष व्यवस्था गर्ने र प्रदेश सरकारले युनिट नै स्थापना गरी काम गर्ने पनि मन्त्रि चौधरीले बताउनु भयो ।

प्राप्त प्रतिकृयाहरू

To Top