३ वर्षभित्र काठमाडौंमा मोनोरेल

समाज जेठ २३ २०७५ ekhabarnepal
Images cms image 000027308

 

 काठमाडौं जेठ २२

काठमाडौं महानगरपालिकाले चक्रपथभित्र मोनो (स्काई) रेल सञ्चालन विस्तृत आयोजना विवरण (डीपीआर) तयार पार्नका चिनियाँ कम्पनी बीवाईडी (बिल्ड योर ड्रिम्स) सँग हालै सम्झौता गरेको छ।


सम्झौता अनुसार बीवाईडीले एक वर्षभित्र डीपीआर तयार पारेर प्रतिवेदन महानगरलाई बुझाउनुपर्ने भएको महानगरले बताएको हो।

काठमाडौंमा  बढ्दो सवारी जामको विकल्पमा महानगरपालिकाले २०७३ असारमा मोनोरेलको अवधारणा ल्याएको थियो। अवधारणा ल्याएका बेला मोडहरु नपुग्ने, भौगोलिक कठिनाइ लगायतका चुनौतीहरु आइपर्ने प्रतिक्रिया आएपछि महानगरले प्रारम्भिक सम्भाव्यता अध्ययन प्रक्रियामा गयो। सोही वर्ष माघ २६ मा अध्ययनका लागि साइमेक्ससँग सम्झौता गरेको थियो।

कानुनी जटिलता र सरकारी क्षेत्रबाट आएका समस्या महानगरले समाधान गरेको थियो। प्राविधिक रुपमा साइमेक्सले सम्भाव्यता अध्ययन गरेको थियो। एक वर्षभित्रमा सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाउने गरी सम्झौता भएको थियो।

साइमेक्सले तिलगंगा–एयरपोर्ट–तिनकुने–बानेश्वर–शहिदगेट–त्रिपुरेश्वर–कालीमाटी–कलंकी खण्डमा सम्भाव्यता अध्ययन गरेको प्रतिवेदन महानगरमा ०७४ मंसिरमा बुझायो। उक्त प्रतिवेदनबाट सडकको बीच भाग माथिबाट सञ्चालन गरिने हुँदा कुनैपनि कठिनाइ नहुने, मोनोरेलको अत्याधिक सम्भावना रहेको देखिएपछि चक्रपथमा डीपीआर गर्ने योजना तय गरेको थियो।

आर्थिक वर्ष ०७३र०७४ देखि महानगरपालिकाको नीति तथा कार्यक्रममा समेट्दै आएको छ। मेयर विद्यासुन्दर शाक्यले विकासको मुख्य एजेण्डा नै बनाएका छन्। मोनोरेल सञ्चालनमा ल्याएपछि सवारीसाधन चाप कम हुने बताइएको छ। वातावरणमैत्री हुने भएकाले सवारी जाम पुरै हट्ने यात्रुले झुण्डिएर, उभिएर सकसपुर्ण यात्रा गर्नुपर्ने छैन। ठाउँ ठाउँमा घ्याच्च घ्याच्च रोक्ने र ओर्लने प्रथाको अन्त्य हुन्छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top