रातिमा मोबाईल चलाउदा यस्ता रोगहरु लाग्न सक्छ : सर्तक रहनुहोस्

स्वास्थ्य जेठ २२ २०७५ ekhabarnepal
Phn

एजेन्सी। अाजभाेलीका मानिसहरू माेवाइलबिना एकछिन पनि बस्न सक्दैनन् । कतिपय यस्ता मानिसहरु हुन्छन् जो सुत्नुभन्दा अघि अध्यारोमा वा रातको समयमा स्मार्टफोनमार्फत काम गर्ने गर्छन् ।

जसबाट आँखा र मस्तिष्कमा नराम्रो असर पर्ने गर्दछ । अनुसन्धानले अध्यारोमा स्मार्टफोन चलाउनु खतराजनक हुने बताएका छन् ।रातिमा सुत्नुअघि मोबाइल चलाएमा आँखाको रेटिनामा गम्भीर असर पर्छ । अमेरिक मस्कुलर डिजेनेरेशन फाउन्डेशनका अनुसार यसबाट आँखाको ज्योति कमजोर हुन जान्छ । रातको समयमा सुत्नुअघि मोबाइल चलाएको खण्डमा शरीरमा मेलाटोनिन (Melatonin) नामक हर्मोनमा कमी आउन थाल्छ ।

हार्भड युनिभर्सिटीले गरेको अनुसन्धानका अनुसार शरीरमा मेलाटोनिन हर्मोनको कमी आएमा राति अबेरसम्म निन्द्रा नलाग्ने समस्या आउँछ । युनिभर्सिटी अफ ओरसेष्टर बेलायतले गरेको अध्ययनले राति अबेरसम्म स्मार्टफोन चलाएमा शरीरमा मेलाटोनिन हर्मोनको कमी आउँदा तनाब बढ्ने देखाएको छ । राति अबेरसम्म स्मार्टफोन चलाएमा ब्रेन ट्युमर अर्थात मस्तिष्कको क्यान्सर पनि हुन सक्छ । युनिभर्सिटी अफ बोर्डेक्स (University of Bordeaux) फ्रान्सले गरेको एक अध्ययनले यसबाट मस्तिष्कको स्मरण शक्तिमा पनि असर पार्ने देखाएको छ ।

राति अबेरसम्म मोबाइल चलाएमा शरीरले पुरा निन्द्रा पाउन सक्दैन । यसले दिनभर नै थकानको महशुस हुन्छ । राति लामो समयसम्म मोबाइल चलाएमा त्यसले आँखाको सिलियरी मांसपेशीमा असर पर्दछ । जसले आँखाको फोकस गर्न सक्ने शक्ति कमजोर हुन्छ । र आँखालाई कुनै कुरामा फोकस गर्न समस्या आउँछ । राति अबेरसम्म मोबाइल चलाएमा यसबाट आँखा दबाव पर्न जान्छ । यसबाट डार्क सर्कलको समस्या देखिन सक्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top