मुलुकमा राजनीतिक संक्रमणकालको अन्त्य सँगै शैक्षिक स्तरमा वृद्धि हुदैछ - प्रधानमन्त्री ओली 

राजनीति जेठ २२ २०७५ ekhabarnepal
Kp

काठमाडौं जेठ  २२ ,

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक संक्रमण कालको अन्त्य सगै शिक्षासँगै विकास हुने बताएका छन् ।नेपालको राजनीतिक संक्रमणकाल अन्त्यको प्रयास भएको र अव शिक्षा क्षेत्रले फड्को मार्ने बताएका हुन ।

आज मंगलबार काठमाडौमा भएको प्रारम्भिक बाल शिक्षाबारे अन्तराष्ट्रिय गोष्ठिलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै चरणको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यको प्रयास भईरहेका बताए ।
गुणस्तरीय शिक्षामा जोड दिदै उनले राज्यले शिक्षाका लागि उच्च प्राथमिकतामा वालबालिकालाई राखेको बताए । ‘९० प्रतिशत बालबालिकाको दिमाख ५ बर्षको उमेरमा विकास हुन्छ । त्यो समयमा अभिभावककासाथै समाज र राज्यले पनि उपयुक्त ध्यान दिनुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई छ ।

सरकारले आगामी बर्षमा शिक्षालाई विशेष प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने भन्दै त्यसको सुरुवात यो बर्षको बजेट कार्यक्रमबाटै भएको बताए ।कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले नेपालमा ८४ प्रतिशतले शिक्ष सेवा पाएको भन्दै यो एशिया प्रशान्त क्षेत्रको अनुपात ६९प्रतिशत भएको बताए । शिक्षाको गुणस्तरमा विकास गर्ने भन्दै संसारमा भएको राम्रो मोडेल नेपालको शिक्षामा लागू गर्ने समेत उनले जीकिर गरे ।

प्राप्त प्रतिकृयाहरू

To Top