स्वच्छ वातावरणमा बाँच्न पाउनु मौलिक हकः मुख्यमन्त्री पोखरेल

राजनीति जेठ २२ २०७५ ekhabarnepal
Shankar pokharel1


बुटवल जेठ २२
प्रदेश नं. मुख्यमन्त्री  शंकर पोखरेलले ५ विश्व वातावरण दिवसको अवसरमा एक विज्ञप्ति प्रकाशित गरि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकलाई सुनिश्चित गर्नु आजको पुस्ताको कर्तव्य भएको वताउनु भएको छ । 
भावी पुस्ताका लागि नभई नहुने हाम्रा अमूल्य जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई संरक्षण र सम्बद्र्धन गर्न प्रण गर्ने दिनका रुपमा यो दिवसलाई लिनुपर्छ । नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको आज हामी सबैले स्मरण गर्न जरुरी छ, मुख्यमन्त्री  शंकर पोखरेलले भन्नु भएको छ ।
 वातावरण प्रदुषणले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ, वातावरण प्रदुषणकै कारण अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि देखा परेको वातावरण सम्बन्धी भएका अध्ययन र अनुसन्धानले देखाएको प्रशंग उल्लेख गर्दै पोख्रलले प्लाष्टिकले गरेको प्रदुषणका बारेमा जागरण ल्याउन जरुरी रहेको वताउनु भएबो छ । 
बढ्दो प्रदुषणको  एउटा श्रोत प्लाष्टिक पनि हो । नागरिकको बदलिदो जीवनशैलीका कारण प्लाष्टिक प्रयोग बढ्दो छ । प्लाष्टिकले गरेको प्रदुषणले अहिले असरहरु देखिन थालेका छन् । खेतीयोग्य भूमिमा प्लाष्टिक छ्याप्छयाप्ती भेटिन थालेका छन्, जसले कृषि उत्पादनलाई घटाएको छ । यो मानव जीवनका लागि चिन्ताको विषय हो, विज्ञप्तिमा भनिएको छ ।
दीगो तथा  सन्तुलित प्रयोग गर्दै विकासका लागि वातावरणमैत्री प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै खाना, पानी र  श्वास फेर्ने हावा प्रदुषणमुक्त भए मात्र स्वच्छ जीवन जिउन सकिने र स्वस्थ नागरिकले मात्र आफू, परिवार र समाजलाई सही दिशामा अघि बढाउने सक्ने वताउनु भएको छ । 
मुख्यमन्त्रीले प्लाष्टिक प्रदुषणलाई निर्मुल गर्न सके पुनः  प्रयोग, नसके बहिष्कार गरौं भन्ने यो वर्षको नारालाई सार्थक बनाउन सबैले प्लाष्टिक प्रयोग विरुद्धको अभियान अघि बढाउनुपर्ने वताउनु भएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top