सरकार समक्ष प्रश्न ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान अघि सारेको सरकारले मूल्यबृद्धि गरेर के गर्न खोजेको ? 

राजनीति जेठ २१ २०७५ ekhabarnepal
Samsad

काठमाडौं जेठ २१ |

प्रतिनिधिसभाका सांसदहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेकी हुन् । 

उनले वर्तमान सरकार गठन भएयता ५ पटक पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरिएको भन्दै आपत्ति समेत जनाइन् । सांसद रेग्मीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान अघि बढाएको सरकारले मूल्यबृद्धि गरेर के गर्न खोजेको ? भनि प्रश्न समेत गरिन् । 

सांसद रामबहादुर विष्टले पनि पेट्रालियम पदार्थमा मूल्यबृद्धि गर्नुको कारण संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग समेत गरे । उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाए ।

त्यसैगरी सांसद शान्ता चौधरीले पश्चिम नेपालका कमलरीहरुको व्यवस्थापनका लागि सरकारले बजेटको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले दाङ क्षेत्र नम्बर २ मा खानेपानीको उचित व्यवस्थापन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

प्राप्त प्रतिकृयाहरू

To Top