शैक्षिक हड्तालका कारण  शैक्षिक संस्थाहरु प्रभावित (विज्ञप्ती सहित)

समाज जेठ २१ २०७५ ekhabarnepal
Bigyapti

बुटवल जेठ २१,  
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनयन (क्रान्तिकारी) सहित ८ विद्यार्थी संगठनले घोषणा गरिएको शैक्षिक हड्तालका कारण  शैक्षिक संस्थाहरु प्रभावित भएका छन् ।नीजि विद्यालयले बढाएको शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू लागु गर्नु पर्ने लगाएतका माग राख्दै आठ विद्यार्थी संगठनले आजका लागि शैक्षिक हड्तालको घोषणा गरेको अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जिवी ढकालले जानाकारी दिनुभयो ।

अनेरास्ववियू पाँचौं, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी (गोपाल किराँती) राष्ट्रवादी विद्यार्थी युनियन, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम नेपाल, राजपा विद्यार्थी संगठन, का सहितका आठ विद्यार्थी संगठनले आजका लागि शिक्षण संस्था हड्तालको घोषणा गरेका हुन ।संयुक्त ८ विद्यार्थी संगठनले जेठ १३ गते बैठक आज आम शैक्षिक हड्ताललगायत आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top