भारतीय विदेशमन्त्री सुष्मा स्वराज चढेको विमान सम्पर्कविहिन 

विश्व जेठ २१ २०७५ ekhabarnepal
Susma

नयाँदिल्ली  जेठ  २१,
 भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्ससम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् । उनले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छिन् ।

शनिबार सुष्मा स्वराज चढेको विमान १४ मिनेटसम्म सम्पर्कविहिन भएपछि स्थिती तनावग्रस्त भएको थियो । सुष्माको दक्षिण अफ्रिकाको यात्राको क्रममा मोरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले एक अलर्ट जारी गरेपछि १४ मिनेटसम्म स्थिती असामान्य रहेको बीबीसीले जनाएको छ ।

सुष्मा स्वराज भारतीय वायुसेनाको जुन विमानमा सवार थिइन, करिब १४ मिनेटसम्म उक्त विमानको सम्पर्क मोरिससको एटीसीसँग नभएपछि अलर्ट जारी गरिएको थियो । एयरपोर्ट अथोरिटी अफ इन्डियाका जनरल म्यानेजर जेबी सिंहका अनुसार मोरिससले एकतर्फी अलर्ट जारी गरेको थियो ।

यदि कुनै विमान आधा घण्टासम्म सम्पर्कमा नरहे यस्तो अलर्ट जारी गरिन्छ । उनले भने भीआईपी सवार भएकाले समय भन्दा अगावै एलर्ट जारी गरिएको थियो&, सिंहले भने, त्यो वायुसेनाको विमान थियो र हाम्रो एयरस्पेसमा थिएन । माले (मालदिभ्सको राजधानी) ले मोरिससलाई उक्त विमानसँग सम्पर्क गर्नका लागि सन्देश दिएको थियो । मोरिससको एटीसीले १४ मिनेटसम्म विमानबाट रेडियो सम्पर्क स्थापित गर्न सकेको थिएन ।

आइतबार जारी गरिएको एक प्रेस विज्ञप्तिमा भनिएको थियो, सायद मोरिससले विमानमा भिआइपी (अति विशिष्ठ व्यक्ति)सवार भएकाले उक्त अलर्ट जारी गरेको थियो ।& एम्बार १३५ विमान इन्धन लिनका लागि त्रिरुवनन्तपुरम र मोरिससमा रोक्नु परेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top