कथाले मागेपछि बन्दैछन् अनमोल ‘ब्याचलर बन्टी’

मनोरञ्जन जेठ २० २०७५ ekhabarnepal
Nayak k c

नायक अनमोल केसी अब ‘ब्याचलर बन्टी’ बन्ने भएका छन् । अनमोलले काम गर्न लागेको नयाँ चलचित्रमा उनी यस्तो अवतारमा देखिन लागेका हुन् । निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘ब्याचलर बन्टी’ राखिएको हो । यो चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता पनि गरिएको छ ।यो चलचित्रको छायांकन मंसिरमा सुरु हुनेछ । चलचित्रको सम्पूर्ण छायांकनमा विदेशमा गर्ने योजना मिलनको छ । अनमोलले केही दिन अगाडि मात्र महंगो रकममा यो चलचित्र साइन गरेका थिए । चलचित्रको नाम ‘ब्याचुलर बन्टी’ राखेसँगै यसमा अनमोल विन्दास अविवाहित यूवाको भूमिकामा देखिन लागेको वुझ्न सकिन्छ ।

चलचित्रको हाल गीत रेकडिङको काम पनि भैरहेको छ । चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन पश्चात अनमोल यो प्रोजेक्टमा व्यस्त हुनेछन् । अनमोल अहिले होम प्रोडक्शनको चलचित्र ‘क्याप्टेन’को छायांकनमा व्यस्त छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top