नेपालिको आत्मस्वाभिमान र समृद्धिको निम्ति पार्टी एकीकरण गरेका हौं- प्रचण्ड 

राजनीति जेठ २० २०७५ ekhabarnepal
Prachanda

काठमाडौं जेठ २०|
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभई देशको आर्थिक समृद्धिका लागि भएको बताएका छन् ।आज कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका लेवाडेस्थित जन्मस्थान पुग्नुभएका अध्यक्षले भन्नुभयो, ‘ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहना होइन, देशलाई समृद्धितिर लैजाने हाम्रो मुख्य उद्देश्य हो । ’

अध्यक्षले देश भित्रका र बाहिरका प्रतिक्रियावादीहरु पार्टी एकीकरण हुनेमा विश्वास नभएको बताउनुहुँदै पार्टी एकताले उनीहरु आश्चर्यमा परेको बताए । अध्यक्षले भने, ‘हामीले पार्टी एकता नभनेको दिनमा गर्छौ भनेका थियौं त्यही नै गर्यौं । दिन तोकेर एकता गर्ने भनेका थियौँ भने प्रतिक्रियावादीले पार्टी एकता हुन दिने थिएनन् ।’

साहस र आँट गरेनौं भने देश अर्को ७० वर्ष अराजकतातिर जान्छ र देशले विकासको गति लिँदैन भनेर नै आफूहरुले पार्टी एकताको पहल गरेको उनको भनाई थियो । प्रचण्डले भने, ‘यो एकता विगतको जस्तो पार्टी एकता होइन । यो नेपाली जनताको समृद्धि, आत्मस्वाभिमान र देशको समृद्धिको निम्ति गुणात्मक रुपले फरक छ ।’ पार्टी एकताले नेपालीको इज्जत र प्रतिष्ठा बढेको अध्यक्ष प्रचण्डले बताए ।

उनले पार्टी एकता पछि उपत्यका बाहिरको आफ्नो पहिलो कार्यक्रम कास्की र त्यसमा पनि आफ्नो जन्मस्थान अन्नपूर्ण गाउँपालिका भएको भन्दै यसमा आफूलाई खुसी र गर्व लागेको बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top