पहिरोको कारण बुटवल दोभान सडकखण्ड अवरुद्ध ;अपरान्ह ४ बजेसम्मका लागि बन्द

समाज जेठ १९ २०७५ ekhabarnepal
Pahiro

बुटवल जेठ १९ ,
सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अहिले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि बन्द गरीएको छ ।रुपन्देही र पाल्पाको सीमा क्षेत्र सिद्धवावा मन्दिर आसपासमा पहिरोको कारण पटक पटक सडक अवरुद्ध हुदै आएपछी सडक डिभिजन कार्यालयले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सडक बन्द गरेर सडकको पहिरो डोजर लगाएर हटाउन थालेको हो ।


हिजो बिहान पहिरो गएर अवरुद्ध भएको सडक १४ घण्टा पश्चात साझदेखि एकतर्फी मात्रै खुलेको थियो । यातायातका साधन चलिरहेको समयमा डोजर लगाएर पहिरो हटाउन समस्या भएकाले यातायात आवागमन नै बन्द गरेर पहिरो हटाउन लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । हिजो हेडबक्स नजिकै ठुला ठुला ढुंगा सहितको पहिरो खसेको थियो । हिजो खसेका ठुला ठुला ढुंगा र अन्य ठाउका पनि साना तिना ढुंगा  डोजर लगाएर हटाउने सडक डिभिजनले बताएको छ ।यसअघि गत साता पनि सडक डिभिजनले २ दिनसम्म दिउसोमा सडक बन्द गरी पहिरो हटाएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top