चार राष्ट्रबीच प्रतिस्पर्धा गरि सन् २०२६मा विश्वकपको आयोजना गरिने

खेल जेठ १९ २०७५ ekhabarnepal
Fifa

जेठ १९,
सन् २०२६ को विश्वकप आयोजनाका लागि शुक्रबार मोरक्कोले पनि फिफाको न्यूनतम मापदण्ड पुरा गरेपछि चार राष्ट्रबीच प्रतिस्पर्धा हुने भएको छ।मोरक्कोको दाबेदारीसँगै यसअघि नै दाबेदारी प्रस्तुत रहेका अमेरिका, क्यानडा र मेक्सिकोबीच प्रतिस्पर्धा हुने भएको छ।

कुन राष्ट्रले विश्वकप आयोजना गर्ने भन्ने घोषणा रुस विश्वकप सुरु हुनु एकदिन अगाडी अर्थात जुन १३ तारिखमा हुनेछ। १० जुनदेखि फिफाका २ सय ७ सदस्यले ३ तीन भोट गर्दै अन्तिम देशको टुंगो लगाउनेछन्।मोरक्कोले फिफाको प्रारम्भिक जाँचको ५ पूर्णांकमा २.७ अंक पाएको छ। तर, उत्तरी अमेरिकी देश मोरक्कोले विश्वकप आयोजना गर्ने मौका पाउने सम्भावना भने कम भएको बीबीसीले जनाएको छ।

मोरक्कोले १४ वटा रंगशालाको रिपोर्ट फिफालाई बुझाएको छ। जसमा नौवटा बन्न बाँकी छन् भने पाँचवटामा पुनर्निर्माणको खाचोँ देखिन्छ। दुई वटा स्टेडियमहरुमात्रै लगभग तयारीको अवस्थामा छन्।मोरक्कोको सरकारले विभिन्न १२ शहरमा विश्वकप आयोजना गर्ने भनि प्रस्ताव गरेको र उक्त शहरहरुमा विश्वकप आयोजनाका लागि प्रर्याप्त सेवा सुविधा रहेको दाबी समेत गरेको छ।

२०२६ देखि विश्वकपलाई ३२ टोलीबाट बढाउँदै ४८ टोलीमा पुर्याउने घोषणा फिफाले यसअघि नै गरिसकेको छ। पहिलोपटक ४८ टोलीको विश्वकप आयोजना गर्न दाबेदारी प्रस्तुत गरेको मोरक्कोले १२ खर्ब ८८ अर्ब रुपैयाँ स्टेडियम लगायतका भौतिक संरचना निर्माणमा खर्च गर्ने जनाएको छ। 

यसअघि चारपटक मोरक्कोले विश्वकप आयोजनाको दाबी गरेको थियो। तर, १९९४, १९९८,२००६ र २०१० मा मोरक्को सफल हुन सकेन्।अर्को दाबेदार टोली अमेरिकाले भने १९९४ मा विश्वकप आयोजना गरिसकेको छ। सन् २०२२ का गरेको दाबेदारी प्रस्तुत गरेपछि कतारले उसलाई उछिनेको थियो।यता, अर्को दाबेदार राष्ट्र मेक्सिकोले भने सन् १९७० र १९८६ का विश्वकप आयोजना गरिसकेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top