मेचीमा मरणोपरान्त आँखाको नानी संकलन

समाज जेठ १९ २०७५ ekhabarnepal
Eye

काँकडभिट्टा जेठ १९ ,रासस |

मेची आँखा अस्पतालले आँखा दान गरेका व्यक्तिको मरणोपरान्त आँखाको नानी संकलन गरेको छ ।

 मृतकबाट संकलित आँखाको नानी आँखा नदेख्ने जीवित व्यक्तिलाई प्रत्यारोपण गरिने छ । यसरी प्रत्यारोपण गर्दा एक न्यून दृष्टियुक्त व्यक्तिले नयाँ संसार हेर्न पाउने छन् । अस्पतालले दमक–८ की ४४ वर्षीया सपना भट्टराईको देहान्तपछि आँखाको दुवै नानी निकालेर आँखा बैंकमा पठाएको छ ।

भट्टराईले जीवित हुँदा नै काठमाडौँको तिलगंगा आँखा अस्पतालमा आँखा दान गरेकी थिइन् । अस्पतालका स्वास्थ्य प्राविधिक पुष्प अधिकारी र सहयोगी होमप्रसाद धितालले कन्काई घाटमै पुगेर मृतकको आँखाको नानी निकालेका हुन् ।  

प्राप्त प्रतिकृयाहरू

To Top