आज चौथो पटक मन्त्रिपरिषद विस्तार, यादव र ईस्तियाक सरकारमा सहभागि हुने

राजनीति जेठ १८ २०७५ ekhabarnepal
Minister m78ptnx4rx.jpg.800x630 q70 crop

 

काठमाडौं,जेठ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् । 

पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि हुनेछन्। उपेन्द्र यादवलाई स्वास्थ्य र मोहम्मद इस्तियार राइन शहरी विकास मन्त्रालय दिइएको छ ।

उनीहरुलाई आजै सपथ गराइने तयारी भएको छ । 

प्रधानमन्त्री कार्यालयले थपिएका मन्त्रिको सपथका लागि राष्ट्रपति कार्यलयलाई तयारी गर्न पत्राचार गरिसकेको बताइएको छ । 

गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । 
 

प्राप्त प्रतिकृयाहरू

To Top