ने.क.पाको सातै वटा प्रदेशमा कार्यदलहरु गठन

राजनीति जेठ १८ २०७५ ekhabarnepal

 

काठमाडौं,जेष्ठ १८
 नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले स्थानीय पार्टी कमिटीहरूको एकताका लागि विभिन्न कार्यादेशसहित सातै वटा प्रदेशमा कार्यदलहरु समेत गठन गरेको छ।

जनवर्गीय संगठनहरुको एकताका लागि पनि विभिन्न कार्यादेश सहित २५ वटा कार्यदलहरु गठन गरेको छ।

पार्टी अध्यक्षद्वय केपी ओली र पुष्कमल दाहालले आफ्ना चार सय ४१ जना केन्द्रीय सदस्यलाई जारी गरेको अन्तरपार्टी निर्देशनमा त्यसबारे विस्तृत खुलाइएको छ।

पार्टीको संरचना, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी उद्देश्य, लक्ष्य र आचार संहिता सहितको अन्तरपार्टी निर्देशन जारी गरिएको हो।

ने क पाका अध्यक्षद्वयले निर्देशनमार्फत पार्टी एकतासँगै राजनीतिक अस्थिरता र अनिश्चयको अन्त्य भएको सन्देश दिएका छन्।

संविधानको प्रवभाकारी कार्यान्वयन, तीब्र आर्थिक विकास गर्दै जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनकुल राजनीतिक परिस्थिती निर्माण भएको उनीहरुले भनाई छ ।

उनीहरुले पार्टीमा अन्तरपार्टी जनवाद र अनुशासनका दृष्टिकोणले सुदृढ एवं व्यवस्थित गर्नुपर्ने पनि सुझाएका छन् ।

पार्टीमा कुनै पनि प्रकारका गुटबन्दी र पक्षधरताका हानिकारक प्रवृतिहरु प्कट हुन नपाउन भनेर होसियार पनि हनु पर्ने सुझाव उनीहरुको छ।

दुवै अध्यक्षद्धारा हस्ताक्षर गरिएको १७ पाने अन्तरपार्टी निर्देशन जारी गरिएको हो । पार्टीका नेता कृष्ण गोपाल श्रेष्ठले पार्टीका सम्पूर्ण सदस्यलाई पार्टीको बारेमा जानकारी सहित के गर्ने भन्ने सम्बन्धमा मार्गनिर्देशन सहित अन्तरपार्टी निर्देशन तयारी गरी इमेलद्धारा सबै केन्द्रीय सदस्यलाई पठाइएको बताए।

त्यसको १० हजार कपी बनाई वितरण गर्ने तयारीमा पनि आफुहरु जुटेको श्रेष्ठले जानकारी दिए।

अन्तरपार्टी निर्देशनमा पार्टीको मुख्य सचिवालयसहित केन्द्रीय कार्यालय धुम्बाराही र अर्को केन्द्रीय कार्यालय पेरिसडाँडा रहने उल्लेख गरिएको छ।

स्थानीय पार्टी कमिटीहरूको एकताका लागि विभिन्न कार्यादेश सहित प्रदेश एकमा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रि कुमार काफ्लेको कार्यदल बनाइएको छ ।

यस्तै प्रदेश दुईमा सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभू साहको कार्यदल निर्माण गरिएको छ।
प्रदेश तीनमा अस्टलक्ष्मी शाक्य, हितमान शाक्य,काशीनाथ अधिकारी र नारायण दाहालको कार्यदल निर्माण गरिएको छ।
प्रदेश चारमा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारीलाई कार्यदलमा समेटिएको छ।
प्रदेश पाँचमा शंकर पोखरेल, मणी थापा, दलबहादुर राना र गणेशमान पुनको कार्यदल बनेको छ।
यस्तै प्रदेश छमा युवराज ज्ञवाली, जनार्दशन शर्मा, यामलाल कंडेल र माया प्रसाद शर्मालाई कार्यदलमा राखिएको छ।
प्रदेश सातमा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी कार्यदलमा छन् ।
प्रवासको कार्यदलमा नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठकलाई समावेश गरी कार्यदल निर्माण गरिएको छ।

यी सबै कार्यदललाई पद्रश र जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरूका नामावली सहितको प्रस्ताव तयार गर्न, प्रदेश तथा जिल्ला संगठन कमिटीका सचिवालय गठन गर्नका लागि(कमिटीका कुल सदस्य संख्याका बढीमा एक तिहाई ) नामावली सहितको प्रस्तास्ताव तयार गर्ने, प्रदेश संगठन कमिटी सम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटिका सदस्यहरुको नाम समावेश नगर्ने जस्ता छ वटा कार्यदेश दिइएको छ ।

र, उक्त कार्यदेश आपस सहमतिमा १५ दिनभित्रमा सम्पन्न गर्ने र केन्द्रीय सचिवालय समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

जनवर्गिय संगठनहरुको एकताका लागि पनि विभिन्न कार्यदेश सहित २५ वटा कार्यदलहरु गठन गरेको जानकारी गराइएको छ ।

नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघका लागि विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मीको कार्यदल गठन गरिएको छ ।

अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का लागि वामदेव गौतम, हरिवोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठको कार्यदल निर्माण गरिएको छ।

यस्तै अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघका लागि राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापामगरलाई कार्यदलमा समावेश गरिएको छ।

युवा संघ नेपाल र वाई.सी.एल नेपालका लागि मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटाको कार्यदल निर्माण गरिएको छ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तीकारी)का लागि रविन्द्र अधिकारी, हितमान शाक्य, नवीना लामा र रञ्चित तामाङलाई समावेश गरी कार्यदल निर्माण गरिएको छ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ र नेपाल जनसांस्कृतिक महासंघका लागि मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्रीलाई कार्यदलमा समावेश गरिएको छ ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र राष्ट्रिय मुक्तिमोर्चा संगठनहरुको महासंघका लागि पृथ्वी शुव्वा गुरुङ,देवप्रसाद गुरुङ,सुरेश आले मगर र गोकुल घर्तीलाई समावेश गरेर कार्यदल गठन गरिएको छ।

लोकतान्त्रिक मधेसी संगठन र मधेसी राष्ट्रिय मुक्तिमोर्चाका लागि मातृका यादव, रघुवीर महासेठ, जगदिश कुशैयत र रामकुमार शर्मालाई समावेश गरी कार्यदल गठन गरिएको छ।

यस्तै नेपाल मुस्लिम संगठन र मुस्लिम मुक्तिमोर्चा नेपालका लागि सराज अहमद,फारुखी, हकिकुल्ला खाँ, जुनैद अन्सारी र अतहर हुसेनको कार्यदल बनेको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज र दलित मुक्ति मोर्चाका लागि बोमबहादुर विश्वकर्मा, तिलक परियार, जीतु गौतम र दलजीत श्रीपालीलाई कार्यदलमा राखिएको छ।

नेपाल बुद्धिजिवी परिषद् र अखिल नेपाल बुद्धिजिवी र अखिल नेपाल बुद्धिजिवी संगठनका लागि दिनानाथ शर्मा, टंक कार्की,दिनेशचन्द्र देवकोटा र नरेश भण्डारीको कार्यदल छ ।

पेशगत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघका लागि जनार्दन शर्मा,विश्वनाथ प्याकुरेल, प्रेम खनाल, र दयाराम बस्याल कार्यदलमा छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन र भूतपूर्व सैनिक संगठन, पूर्व जनमुक्ति सेना संघका लागि चक्रपाणि खनाल, धनबहादुर चन्द, हरि राई र जीवन बहादुर बुढालाई कार्यदलमा राखिएको छ।

यस्तै प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका लागि योगेश भट्टराई, पम्फा भुषाल, गणेश बस्नेत र महेश्वर दाहाल कार्यदलमा छन् ।

मानवअधिकार एलाइन्स र अखिल नेपाल मानव अधिकार संगठन, काउराष्ट्र नेपालका लागि विजय शुव्वा, मीनबहादुर शाही, विष्णु पुस्कर श्रेष्ठ र दिनमणी पोखरेलको कार्यदल छ ।

लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपाल, अखिल नेपाल क्रान्तिकारी अपांग संघ र जनक्रान्तिका घाइते तथा अपांग योद्धासंघका लागि विजय सुब्बा, दिपेन्द्र पुन मगर, मित्रलाल शर्मा र टेकनाथ न्यौपाने कार्यदलमा रहेका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघका लागि टोपबहादुर राममाझी,कर्ण थापा, परुषोत्तम पौडेल र शिव कोईराला कार्यदलमा छन् ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एसोसिएसन नेपालका लागि वर्षमान पुन, रघुजी पन्त,रमण श्रेष्ठ र रुद्र नेपाल छन् ।
नेपाल भूमिहीन सुकुम्बासी संगठन र अखिल नेपाल सुकुम्बासी संगठनका लागि हरिबोल गजुरेल, रामप्रित पासवन, शत्रुघ्न महतो र दीपक थापा छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघका लागि मुकुन्द न्यौपाने, कुलबहादुर केसी, भरत श्रेष्ठ र श्याम पाठक रहेका छन् ।

पेशागत तथा प्रगतिशील ईन्जीनियर एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय ईन्जीनियरिङ संगठनका लागि गोकर्ण विष्ट, पम्फा भुसाल, डा. हरिराम पराजुली र शम्भु बहादुर श्रेष्ठ छन् ।

यस्तै प्रवासी नेपाली संघ, भारत र अखिल भारत नेपाली एकता मञ्चका लागि तिल विश्वकर्मा,लोकनाथ भण्डारी,लक्ष्मण पन्त र इश्वरी भण्डारीको कार्यदल निर्माण गरिएको छ।

यी कार्यदललाई एकताबाट गठन हने सम्बन्धित जनवर्गीय संगठनको विधान मस्यादा गर्ने लगायत सात वटा कार्यादेश दिइएको छ।

अन्तरपार्टी निर्देशमा के के समावेश गरिएका विषय
१) पार्टी एकताको ऐतिहासिक घोषणाको औचित्य
२) पाटी केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य कमरेडहरूको विवरण
३) स्थायी आमन्त्रित सदस्यको विवरण
४) केन्द्रीय सचिवालयको गठन
५) स्थायी कमिटिको गठन
६) नेपाल कम्युनिस्ट पाटी (ने क पा) का नाममा निर्वाचन आयोगमा दर्ता
७) अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदनको सम्पादन तथा प्रकाशन
८) पार्टी केन्द्रीय कार्यालय
९) नियमावली मस्यौदा कार्यादल
१०) मातहतका पार्टी कमिटि तथा जनवर्गिय संगठनहरुको एकता ÷एकीकरणका लागि कार्यदेश सहित कार्यदल गठन
११) एकतापछिको कार्यभार र चुनौति

प्राप्त प्रतिकृयाहरू

To Top