असारको दोस्रो साता सम्ममा एसईईको नतिजा प्रकाशन हुनेछ

समाज जेठ १७ २०७५ ekhabarnepal
Panika

कक्षा १० को अन्तिम परीक्षा (एसईई)को नतिजा असारको दोस्रो साता सार्वजनिक गरिने तयारी गरिएको छ । गत वर्षको भन्दा यस वर्ष केही ढिलो हुने भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गएको वर्षभन्दा यसवर्ष नतिजा केही दिन ढिला हुने बताउनुभयो । गएको वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोश्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको बताउनुभयो ।

परीक्षा नियन्त्रक रेग्मीले भन्नुभयो, ‘यसवर्ष जिल्ला शिक्षा कार्यालयहरुमा कर्मचारीको अभाव भयो, समय मै जिल्लाहरुबाट परीक्षण सकिएको उत्तर पुस्तिकाहरु पनि आएन, केही उत्तर पुस्तिका अझै आउने क्रम जारी नै छ, कर्मचारीको अभाव र परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारीहरु भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन्छ ।’

एसईई परीक्षा गत चैत ८ गतेबाट सुरु भई १७ गते सम्पन्न भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top