सुन तस्करीमा संलग्न 'ठुला माछा' प्रधानमन्त्री त होइनन ?- सांसद प्रेम सुवाल 

राजनीति जेठ १७ २०७५ ekhabarnepal
Pream sulwal

काठमाडौं  जेठ १७,  
संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रिय महत्वका आयोजनाहरु नेपाल आफैंले बनाउनु उपयुक्त हुने बताएका छन् । कोसी, गण्डक र कर्णालीलगायतका सम्झौता खारेज गरी नेपाली आफैंले बनाउनुपर्ने बताएका हुन्  ।

संघीयता कार्यान्वयन भएन

उनले प्रदेश तीनको राजधानी मकवानपुरमै बनाउनु पर्ने भन्दै राजधानी राख्ने ठाउँ काठमाडौ उपत्यकामा नभएको बताए । ‘मेलम्चीको पानीले सडक धुने भनेको २९ बर्ष वित्यो । सिंहदरवारको अधिकार गाउँगाउँमा भनियो । तर, कालिकोट सदरमुकामको चामल गाउँमा पुगेन, मुस्ताङको स्याउ काठमाडौ आएन’ उनले व्यवहारमा संघीयता कार्यान्वयन नभएकोमा रोष प्रकट गरे ।

उनले ४८० मेगावाट विद्युत भारतबाट किनेर लोडसेडिङ घटाउनु राष्ट्रवाद नभएको जनाए । त्यस्तै उनले सुन तस्करीमा ‘ठुला माछा र साना माछा’ भनेर आएका जिम्मेवार व्यक्तिको अभिव्यक्तिले ‘ठूला माछा भनेको प्रधानमन्त्री नै त होइन’ भनेर प्रश्न गरे । उनले रेल र पानी जहाजको ठूलो कुरा होइन, तर बालुवाटरको भ्रष्टचार नियन्त्रण ठूलो कुरा भएको पनि दावी गरे । सांसद सुवालले आफूले दिएका सुझावहरु बजेटमा नपरेकाले नेमकिपाले बजेटप्रति असहमति जनाएको जनाए ।

प्राप्त प्रतिकृयाहरू

To Top