सांगीतिक प्रस्तुतिका लागि 'अशोक दर्जि' मलेसिया जादै 

मनोरञ्जन जेठ १७ २०७५ ekhabarnepal
Hqdefault

 अशोक दर्जि मलेसिया जाने भएका छन् । उनी आफ्ना सांगीतिक प्रस्तुतिका लागि मलेसिया जान लागेका हुन् । सामाजिक सञ्जालमा भाइरल भएसँगै चर्चामा आएका अशोकलाई मलेसियामा रहेका नेपालीहरुले बोलाएका हुन् । यो उनको पहिलो विदेश भ्रमण हो ।

अशोक संगीतकार टंक बुढाथोकीसँगै मलेसिया जानेछन् । मलेसियामा जून १५ देखि १७ सम्म सांगीतिक कार्यक्रम आयोजना गरिएको संगीतकार बुढाथोकीले जानकारी दिए ।

मलेसियापछि संगीतकार बुढाथोकीले अशोकलाई लिएर दुबइ जानेछन् । त्यहाँ २२ तारिखमा कार्यक्रम छ ।

धेरै देशबाट सांगीतिक कार्यक्रममा सहभागी हुन प्रस्तावहरु आइरहेको बुढाथोकीले बताए ।

दर्जिले गाएको पहिलो गीत यतिबेला यूट्युवमा लोकप्रिय बनिरहेको छ । मन बिनाको धन ठूलो कि धन बिनको मन बोलको गीतमा उनले स्वर दिएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top