१६ जेष्ठ
इतिहासको पाना पल्टाएर हेर्ने हो भने अफ्रीकी देश अंगोलाको रानी एनजिंगा एमबांदी एक बहादुर तेज दिमागवाली याेद्दाका रूपमा चित्रण गरेको पाउँछौँ। जसले १७ औँ शताब्दीमा अफ्रीकामा युरोपीय उपनिवेश विरूद्द लडार्इ लडेको थिइन्।
तर इतिहासको अर्को पाटो पनि छ जहाँ रानी एनजिंगालार्इ एक क्रुर रानीको रूपमा व्यख्या गरिएको छ। उनले अाफ्नै भार्इको हत्या गरी शासन हातमा लिएकी थिइन् । त्यतिमात्र होइन उनी आफ्नो दरबारकाे हराम (काेठी) मा भएका पुरुषहरुसंग यौनसम्बन्ध राख्ने गर्थिन त्यसपछि उनीहरुलाई जिउँदै जलाएर मार्ने गरेको इतिहासपनि पढ्न पाइन्छ।
तर सबै इतिहासकारले स्वीकार गरेको कुरा उनी अंगेलामा चर्चित र लोकप्रिय याेद्दा महिला थिइन् । एनजिंगा दक्षिण(पश्चिमी अफ्रिकी देश, डोंगगो र मेटाम्बाको रानी थिइन् । तर स्थानीय भाषा किम्बाण्डुमा एनजिंगालार्इ अंगोला भनिन्छ। यो शब्द पोर्चुगलीहरुले पनि प्रयोग गर्थे र अन्तमा सो ठाउँको नाम नै अंगोला रह्यो ।
सन् १६१७ मा, जब राजा मिबबानी केलीगुजी मृत्यु भयो, तिनका छोरा एनगोला एमबांदीले सत्ता सम्हाल्यो तर उनी बहिनी एनजिंगा जत्तिको बुद्धीमानी थिएन् । साथै उनी शत्रुसंग भाग्ने खालको थिए । यसैविच राजाले युरोपियनहरुको आक्रमणको सामना गर्न नसक्ने अवस्था आयो । उनी भागेर एक टापूमा गएर बसे। यसैवीच उनलाई आफ्नो छोरोको हत्या गरेको आरोपमा एनजिंगा एमबांदीले विष दिएर मारेको पनि बताइन्छ।
त्यसपछि राज्यसत्ता अाफ्नाे हातमा लिएर शासन चलाउन थालिन्। रानीले आफ्नो शासनकालमा देशलाई बचाउन धेरै संघर्ष गरेको कथा छ। तर आज हामी रानी एनजिंगाको यौनसम्बन्धको बारेमा चर्चा गर्दै छौँ जुन इतिहासमा निकै चर्चित छ।
फ्रान्सेली दार्शनिक मार्विस डे सडेले लेखेको ‘डान्सिङ ड्रेसिङ टेबल’ पुस्तक जुन इटाली मिसनरी गियोनोनी कवाजीको कथामा आधारित गरेको छ, त्यसमा उनले रानीको यौन जीवनबारेमा कुरा गरेका छन। कवाजीको दावी छ की रानीले आफूसंग यौन सम्बन्ध राख्ने हरेको पुरुषका निर्मम हत्या गर्ने गर्थिन् ।
हराममा बस्ने पुरुषलाई चिबदोस भनिन्थ्यो र रानी हरामको पुरुषहरुलाई महिलाको कपडा लगाउन दिन्थिन् । रानी एकदम कामुक थिइन् । यतिमात्र होइन जब रानीलाई यौन इच्छा जाग्थ्यो उनी हराममा रहेका पुरुषहरुवीच लडाई लडाउथिन्। त्यस्तो लडाईमा केटाहरुको मृत्युसम्म हुन्थ्यो। तर जो बाँचेर रानीसंग यौनक्रिडामा रमाउथ्यो उसको उसको पनि खुसी केहीछिनकाे मात्र हुन्थ्यो। किनकी जब रानीको यौन प्यास शान्त हुन्थ्यो त्यसपछि उनीहरुलाई जिउँदै जलाएर मृत्यु दिइन्थ्यो ।
विविसी हिन्दीकाे सहयाेगमा
प्राप्त प्रतिकृयाहरू