टी-ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न लण्डन पुगे 'सन्दिप लामिछाने'

खेल जेठ १६ २०७५ ekhabarnepal
Sandip

जेठ १६, 
 आईसीसी विश्व–११ र वेस्ट इन्डिजबीच हुने म्याच खेल्न उनी आज बिहान लन्डन पुगेका हुन्। बिहीबार लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध हुने टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा सन्दीप आईसीसी विश्व–११ बाट खेल्ने छन्।

क्यारेबियन देशमा आँधीले क्षतिग्रस्त रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो । आईसीसीको उक्त टिमको कप्तानी इयान मोर्गनले गर्ने छन् ।

विश्व–११ मा भारतका दिनेश कात्तिक, हार्दिक पाण्ड्या, पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी र सोयब मल्लिक, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्डका ल्यूकरंकी र मिचेल मेक्कलेनेघन, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका रसिद खान छन्। वेष्ट इण्डिजको टोलीमा क्रिस गेल, आन्द्रे रसेल,मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, स्यामुयल बद्री, एविन लेविसलगायत खेलाडी छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top