आज प्रदेश न.५ को बैठक बस्दैछ: नियमावली संसोधन गर्नुपर्ने प्रस्ताव प्रथामिकतामा

राजनीति जेठ १६ २०७५ ekhabarnepal
Btl

बुटवल जेठ १६,
आज प्रदेश नम्वर पाचको दोस्रो अधिवेशनको चौथो बैठक बस्दैछ ।
संसद भवन बुटवलमा दिउसो १ बजे बस्ने बैठकमा विद्यायन समितिका अध्यक्ष बलदेव शर्मा पोख्रेले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्वन्धि पुर्नविचार गरी परिमार्जित विद्ययक सहितको प्रतिवेदन सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ  ।

त्यस्तै प्रदेश सभा नियमावली २०७४ अन्तरगत प्रदेश सभा सचिवालय संचालन गर्न बनेको विद्येयक माथि सैद्धान्तिक छलफल समेत हुने कार्यसूची छ । छलफलबाट उठेका प्रस्नहरुको सम्वन्धित मन्त्रीले जवाफ दिने कार्यसूचि समेत रहेको प्रदेश सभा सचिव मान वहादुर विकले जानाकारी दिनुभयो । सभामुखद्धारा आजैको बैठकमा प्रदेश सभा नियमावलीमा संसोधन गरियोस भनी प्रस्ताव समेत पेश गर्नुहुने छ ।

प्राप्त प्रतिकृयाहरू

To Top