११ देशका १५ कम्युनिस्ट पार्टीहरु काठमाडौंमा 

राजनीति जेठ १६ २०७५ ekhabarnepal
34034036 767025203504776 4847224146653872128 n

काठमाडौं जेठ १६,  
 कार्ल माक्सको द्विशतवार्षिकीको अवसरमा आजदेखि अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । काठमाडौंमा हुने उक्त कार्यक्रम २ दिन सम्म चल्ने छ ।सेमिनार समितिका अनुसार सेमिनारमा कार्ल माक्सको योगदानका बारेमा विचार विमर्श गरिने छ । सेमिनारमा ११ देशका १५ कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहने छ । माक्र्सवादलाई अझ उन्नत बनाउनका लागि सेमिनार आयोजना गरिएको आयोजक समितिका संयोजक नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले बताए ।

मार्क्सको योगदानको महत्वलाई उजागर गर्न सेमिनारको तयारी थालिएको उनको भनाइ छ ।

दुईदिने सेमिनारमा अस्ट्रेलियाको सोसलिस्ट एलायन्स, बंगलादेशबाट कम्युनिस्ट पार्टी अफ बंगलादेश, रिभुलसनरी पार्टी अफ बंगलादेश र सोसलिस्ट पार्टी अफ बंगलादेशले सहभागिता जनाउनेछन् । त्यसैगरी चीनबाट कम्युनिस्ट पार्टी अफ चाइना, जर्मनीबाट एमएलपिडी, भारतबाट कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) लिबरेसन, जापानबाट जापानिज कम्युनिस्ट पार्टी सहभागी हुने बताइएको छ ।
वर्कर्स पार्टी अफ कोरिया, लाओ पिपुल्स रिभ्युलसनरी पार्टी, कम्युनिस्ट पार्टी अफ रसिएन फेडेरेसन, कम्युनिस्ट पार्टी अफ श्रीलंका र कम्युनिस्ट पार्टी अफ भियतनाम पनि सेमिनारमा सहभागी हुनेछन्।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ः३० बजे उद्घाटन गर्ने सेमिनारमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’बारे कार्यपत्र प्रस्तुत हुनेछ । सो कार्यपत्र ओलीले प्रस्तुत गर्नुहुनेछ भने नेकपाका अर्का अध्यक्ष प्रचण्डले ‘आजको मार्क्सवाद र समाजवाद’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top