सांसदले चार करोड पाए : छनोटका लागि प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा समिति

राजनीति जेठ १६ २०७५ ekhabarnepal
Yaubaraj


काठमाडौं, जेठ १५

सरकारले निकै विवादास्पद निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसदमा पेश गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ४ करोड दिने उल्लेख छ ।

सांसदहरुको चित्त बुझाउन सरकारले शीर्षक फेरेर एक निर्वाचन क्षेत्रलाई चार करोड बजेट बिनियोजन गरेको हो । यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत ३ करोड बजेट छुट्याइएको थियो । सांसदहरुले १० करोड पुर्याउन माग गरेका थिए ।

३ वर्षमा सक्ने गरी ५ वटा आयोजनामा खर्च गरिनेछ । आयोजना छनोटका लागि निर्वाचित प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको समिति बनाइनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top